३० आश्विन २०८३, शुक्रबार

बजेटसँगै चुरोट र वियरको मुल्यमा भारी बृद्धि, पढ्नुस् अरु के-के हुँदैछन् ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ramsaran-mahat
काठमाडौ, २९ असार । अर्थमन्त्री रामशरण महतले आगामी आर्थिक वर्षको कुल ८ खर्ब १९ अर्ब ६६ करोड ८८ लाख ६६ हजारको बजेट मंगलबार संसदमा प्रस्तुत गरेका छन् ।

यो बजेटसँगै चुरोट र बियरमा भारी मुल्य बृद्धि हुने भएको छ । मन्त्री महतले चुरोट र बियरमा लाग्ने अन्तशुल्कमा बृद्धि भएको बजेट प्रस्तुत गरेका छन् । यसले चुरोट र वियरको मुल्यमा भारी बृद्धि हुनेछ ।

यस वर्ष शिक्षाको लागि ९८ अर्ब ६४ करोड रुपैयाँ बजेट विनियोजन भएको छ । दुर्गम क्षेत्रका सामुदायिक विद्यालयहरुमा ब्रोडब्याण्ड इन्टरनेटको प्रविधिमार्फत गणित, विज्ञान र अंग्रेजी विषय पढाइने बजेटमा उल्लेख छ ।

आउँदो बर्ष १ हजार ९ सय ४२ किलोमिटर सडकको ट्रयाक खुल्ने, ७ सय ९५ किमी कालोपत्रे गर्ने र १ सय ७० पुल निर्माण गरिसक्ने मन्त्री महतले बताएका छन् । आर्थिक वर्षको दोस्रो चौमासिकसम्मा पनि ५० प्रतिशत भन्दा कम काम गर्नेलाई बजेट समर्पण गर्न लगाइने छ ।

आगामी आवबाट विद्युतीय भिसा सेवा पनि सुरु गरिने बजेटमा उल्लेख छ । विदेशमा काम गर्ने नेपालीको सुरक्षाका लागि नियोगको क्षमता बढाइने पनि मन्त्री महतले बताएका छन् । अब विदेशी नागरिकलाई नेपालमा काम गर्न श्रम स्वीकृति अनिवार्य रुपमा लागु गरिने बजेटमा उल्लेख गरिएको छ ।

रेमिटान्सलाई उत्पादनशील क्षेत्रमा लागानी गराउन रेमिटा हाइड्रोको कार्यक्रम सञ्चालनमा ल्याइने पनि बजेटमा उल्लेख छ । यस वर्ष सेनाका लागि ३२ अर्ब र प्रहरीको लागि ३८ अर्ब ३६ करोड बजेट बिनियोजन गरिएको छ । प्रहरीको अनुसन्धान क्षमता बढाउन १६ करोड छुट्टाईएको छ ।

पर्यटनसँग सम्बन्धित उद्योगले व्यवसाय विस्तार गर्नको लागि लाभांस कर नलाग्ने र सय बढी उद्योगलाई लाग्ने आयकरमा थप ३० प्रतिशत छुट दिने बजेटबाट घोषणा गरिएको छ ।

विभिन्न स्थानमा रंगशालामा निर्माणको लागि २१ करोड विनियोजन गरिएको छ । खेलाडीहरुको बीमा हुने पनि बजेटमा उल्लेख छ ।दुर्घटनाका घाइतेको उपचारका लागि भरतपुरमा मनमोहन र बाग्लुङमा हरि खड्का ट्रमा सेन्टर स्थापना गरिने बजेटमा उल्लेख छ ।

भूकम्प प्रभावित १४ जिल्लालाई मोवाइ चार्ज गर्न र बत्ति बाल्न सौर्य उर्जा जडानका लागि ४ अर्ब विनियोजन गरिएको छ । शहरी क्षेत्रमा सौर्य उर्जा जडान गर्नका लागि थप ४५ करोड विनियोजन भएको छ । तर यसको लागि ठाउँ भने तोकिएको छैन ।