२० कार्तिक २०८३, शुक्रबार

मन्त्री पण्डितले कारवाही प्रक्रिया अगाडि बढाएपछि १० हजार कर्मचारीको जागिर संकटमा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

lalbabu-panditकाठमाडौँ, २९ असार । सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले निजामती सेवा ऐन चौथो संशोधन विधेयक राष्ट्रपतिबाट आज प्रमाणीकरण भएकाले अब निजामती सेवालाई प्रभावकारी बनाउन सहज भएको बताउनुभएको छ ।

रिपोर्टर्स क्लबमा आज आयोजित साक्षात्कारमा उहाँले डिभी र पिआर लिएका निजामती तथा सरकारी स्वामित्वका संस्थानका कर्मचारीले अबको ३० दिनभित्र स्वघोषणा गरी खारेज गर्नुपर्ने अन्यथा तीन महिनाभित्र कारबाही गरिने चेतावनी दिनुभयो ।

उहाँले नयाँ संविधान जारी भएपछि राजनीतिक दलसम्बन्धी ऐनमा समेत संशोधन गरिने र डिभी तथा पिआर लिएका राजनीतिकर्मीलाई समेत कारबाही गर्ने व्यवस्था गर्न लागिएको जानकारी दिनुभयो । मन्त्री पण्डितले भन्नुभयो, “नेपाल सरकारको लगानी भएको जुनसुकै संस्थामा काम गर्नेलाई पनि अब डिभी र पिआर लिने मात्रै होइन त्यसका लागि आवेदन दिनेलाई पनि कारबाहीको दायरामा ल्याउँछौँ ।”

उहाँले ऐनअनुसार विदेश भ्रमणमा जाने कर्मचारी ३० दिनभित्र स्वदेश नफर्किए उनीहरू स्वतः निलम्बनमा पर्ने र उनीहरूले सरकारी सेवासहित निजी क्षेत्रमा पनि काम गर्न पाउने छैनन् भन्नुभयो ।

अहिलेसम्म आफूसँग झन्डै ६०० कर्मचारीको विषयमा उजुरी आएको बताउँदै उहाँले डिभी र पिआरबाहक कर्मचारीको सूचना दिन सार्वजनिक आह्वान गर्ने तयारी भइरहेको जानकारी दिनुभयो । उहाँका अनुसार सबै सेवामा गरेर १० हजारभन्दा बढी डिभी र पिआर लिएका कर्मचारी छन् ।