२० कार्तिक २०८३, शुक्रबार

नयाँ बजेटमा अर्थमन्त्री महतले कर्मचारीको तलब बढाएनन्, यस्तो छ कारण

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ramsaran-mahatकाठमाडौं, २९ असार । सरकारले आगामी आर्थिक वर्षदेखि कमर्चारीको तलब बढाउने बताएपनि बजेटमा उल्लेख गरिएको छैन् ।

अर्थमन्त्री डा. रामशरण महतले आज सार्वजनिक गरेको बजेटमा कर्मचारीको तलब बुद्धि गरिने कुरा उल्लेख नगरिएको हो । केही दिन अगाडि राजधानीमा आयोजित कार्यक्रममा अर्थमन्त्री महतले १० प्रतिशतसम्म तलब बढाउन आफू लागिरहेको बताएका थिए ।

तर, तलब बढ्ने आशामा रहेका कर्मचारीहरु बजेट भाषणका क्रममा मन्त्री महतले यसवर्ष तलब नबढाइने घोषणा गरेपछि निराश भएका छन् ।

किन बढाईएन् तलब ?

बजेट भाषणका क्रममा अर्थमन्त्री महतले भूकम्पले निम्त्याएको विपत्तिका कारण यस वर्ष कर्मचारीहरुको तलब बढाउन नसकिएको बताएका छन् ।

अहिलेकै अवस्थामा राष्ट्र सेवकहरुको पारिश्रमिक र सुविधा बढाउन नसकिए पनि आगामी वर्षमा बढाउने पनि मन्त्री महतले बताएका छन् । निजामति कर्मचारी प्रशासनका कारण सरकारलाई आर्थिक भार बढ्दै गएको मन्त्री महतको भनार्इ थियो ।

यसलाई सभाधान गर्न कर्मचारीको अवकाशको उमेर बढाउने मन्त्री महतले घोषणा गरेका छन् ।