काठमाडौं, २९ असार । अर्थमन्त्री डा. रामशरण महतले संविधानसभा भवन नयाँ बानेश्वरमा आव २०७२,७३ को बजेट प्रस्तुत गर्दैछन् । आठ खर्व, आठ अर्व १९ करोडको बजेटमा मन्त्री महतले पुनः निर्माणलाई जोड दिएका थिएका छन् ।
उनले पुनःनिर्माणका लागि ७४ अर्ब विनियोजन गरेका छन् । आवासमा ५० अर्ब, सार्वजनिक भवन बनाउन ३ अर्ब र पुरातात्वयिक संरचनका लागि २ अर्ब खर्च हुने गरी उक्त बजेट बिनियोजन गरेका छन् । उनले पुनः निर्माण कार्य पुरा गर्न करिव ६ खर्व बजेट लाग्ने अनुमान गरेका छन् । उनले ५ वर्षभित्र पुनःनिर्माणको काम सक्ने अठोटका साथ सरकार अघि बढेको बताएका छन् । ३ बर्षभित्र सबै गाविसमा विद्युत र सडक पुर्याउने पनि महतले घोषणा गरेका छन् । नवनिर्माणलाई ब्यापक बनाएर रोजगारी बढाएर आर्थिक बृद्धिदर हासिल गर्ने अर्थमन्त्रीले बताएका छन् ।
एक चौथाइभन्दा कम जनसंख्या मात्र गरिबीको रेखामुनी रहेको मन्त्री महतले बताएका छन् । रामेछापको ठोसेमा फलाम खानीसम्म पुग्ने मोटरबाटो र विद्युत पुर्याउन आवश्यक बजेट विनियोजन गरिएको छ ।
त्रिभुवन विमानस्थलको स्तरोन्नतिका लागि १ अर्ब ७५ करोड विनियोजन गरिएको छ । राजविराज, नेपालगञ्ज र धनगढी विमानस्थलको स्तरउन्नोती गर्ने बताईएको छ । पोखरा विमानस्थलका लागि मुआब्जा वितरण गरी आगामी आर्थिक वर्षबाट निर्माण कार्य थाल्न ३ अर्ब १९ करोड विनियोजन गरिएको छ ।
तेस्रो मुलुकमा वस्तु निर्यात गर्ने व्यवसाइलाई नगदमा अनुदान दिने घोषणा गरिएको छ । सरकारले फास्ट ट्रयाक सडक निर्माणका लागि १ अर्ब विनियोजन गरेको छ भने हुलाकी राजमार्ग ५ वर्षमा सक्ने दावी गरेको छ । गरिबी धेरै रहेका १ सय १४ वटा गावस र ४ नपामा विशेष कार्यक्रम चलाउने १६ करोड बजेट विनियोजन गरेको छ । तराईका प्रमुख शहरमा ६ लेनको बाटो बनाउन पनि बताईएको छ ।
प्रत्येक घर परिवारमा कत्तिमा एक बैंक खाता खुलाउन प्रयत्न गरिने बताईएको छ भने आगामी वर्ष १६ सिमेन्ट उद्योगलाई खानीसम्मको मार्ग र १२ वटाका लागि बिजुली दिन बजेट बिनियोजन गरिएको छ ।
















प्रतिक्रिया