काठमाडौं, २९ असार । भारतको सुप्रीम कोर्टले इण्डियन प्रिमियर लिग आइपीएल टीम चेन्नई सुपर किंग्स र राजस्थान रोयल्समाथि दुई वर्षको प्रतिवन्ध लगाएको छ ।
सुप्रिम कोर्टले गठन गरेको न्यायमूर्ति आरएम लोढा समितिले मंगलबार कड़ा फैसला सुनाउँदै चेन्नई र राजस्थानमाथि दुई वर्षको प्रतिवन्ध लगाएको हो । साथै लोढा समितिले गुरुनाथ मयप्पन र राज कुन्द्रालाई पनि क्रिकेट खेलमा आजीवन प्रतिबन्ध लगाएको छ ।
यसअघि चेन्नई सुपर किंग्सका टीम मालिक मयप्पन र राजस्थान रोयल्सका मालिक राज कुन्द्रा सर्वोच्च न्यायालयबाट आईपीएलको छैठौ संस्करणमा सट्टेबाजीमा दोषी ठहरिएका थिए ।
सर्वाेच्चबाट दोषी ठहर भएपछि लोढा समितिले आज मुद्दाको फैसला गरी यस्तो सजायँ सुनाएको हो । चेन्नई कप्तान महेन्द्रसिंह धोनी समेत हुन् । जो भारतीय राष्ट्रिय टोलीको कप्तानबाट भर्खरै रिटायर्ड भएका छन् ।
भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई)का पूर्व अध्यक्ष एन श्रीनिवासनका ज्वाईँ गुरुनाथ मयप्पम बाजी लगाउने कार्यमा संलग्न भएको र उनका कारण बीसीसीआई, आईपीएल र क्रिकेटका छवि धमिलिएको न्यायाधीश लोढा समितिको ठहर छ ।
यस्तै, प्रतिवन्ध राजस्थान रोयल्सका मालिक एवं शिल्पा शेट्टीका पति राज कुन्द्रामाथि पनि लगाइएको छ । न्यायाधीश लोढाले गुरुनाथ मयप्पम र राज कुन्द्रा बाजी लगाउने काममा लिप्त भएको पाइएको बताए । मयप्पमलाई ६० लाख घाटा भएको समेत पाइएको उनले बताएका छन् ।
अब राजस्थान र चेन्नईले दुई वर्षसम्म आएपीएल क्रिकेट खेल्न पाउने छैनन् । भारतीय क्रिकेट इतिहास गरिएको यो सबैभन्दा ठूलो फैसला भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । आईपीएल अब मात्र ६ टिम बाँकी रहेका छन् ।















प्रतिक्रिया