काठमाडौं, २९ असार । संविधानबारे नागरिकसँग सुझाव लिन सभासद्हरू निर्वाचन क्षेत्रमा खटिइरहेका बेला एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल मंगलबार एक साताका लागि भारत भ्रमणमा निस्कदैछन् ।
भारतीय विदेश मन्त्रालयको निमन्त्रणामा हुन लागेको भ्रमणका बेला दाहालले राष्ट्रपति, प्रधानमन्त्री लगायत उच्च अधिकारीहरूसँग संविधानका विषयबारे पनि छलफल गर्ने समाचार कानितपुर दैनिकले छापेको छ ।
अध्यक्ष दाहाल अपरान्ह सवा ४ बजे दिल्ली प्रस्थान गर्नेछन् । त्यहाँ उनले राष्ट्रपति प्रणव मुखर्जी, प्रधानमन्त्री नरेन्द्र मोदी, गृहमन्त्री राजनाथ सिंह, विदेशमन्त्री सुषमा स्वराज लगायतसँग भेटघाट र छलफल गर्नेछन् ।
एसडी मुनी, आनन्दस्वरुप बर्मा लगायत भारतीय बुद्धिजिवीहरूसँग भेटघाट र अन्तरक्रिया गर्ने कार्यक्रमम रहेको दाहालका स्वकीय सचिव चुडामणी खडकाले जानकारी दिए ।















प्रतिक्रिया