३० आश्विन २०८३, शुक्रबार

आयरल्याण्डविरुद्धको खेलमा नेपाल ५३ रनमा समेटियो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

nepali-cricketकाठमाडौं, २८ असार । टी–२० विश्वकप छनोट प्रतियोगितामा नेपाल आयरल्याण्डविरुद्धको खेलमा ५३ रनमै अलआउट भएको छ ।

आजको खेलमा नेपालले बनाएको यो स्कोर टी-ट्वान्टी स्कोरमा सबैभन्दा कम हो । टस हारेर पहिला ब्याटिङ गरेको नेपालले १४.३ ओभरको खेलमा सबै विकेट गुमाएर मात्र ५३ रन बनायो ।

नेपालका ओपनर अनिल मण्डलले ९ बलमा मात्र २ रन बनाए । सागर पुनले १८ बलमा २० रन जोडे । प्रदीप ऐरी शून्यमा आउट भए । कप्तान पारस खड्का १० रनमा आउट भए । उपकप्तान ज्ञानेन्द्र मल्लले मात्र २ रन बनाए ।

यस्तै, शरद भेष्वाकर ६, राजेश पुलामीले ६, विनोद भण्डारी शून्य रनमा आउट भए । बसन्त रेग्मीले २ रन जोडे । शक्ति गौचन र सोमपाल कामी शून्यमा आउट भए । आयरल्याण्डका केभिन ओ’ब्राइन र स्टुआर्ड थम्पसानले ३-३ विकेट लिए भने जोन मुनीले २ विकेट लिए ।