३० आश्विन २०८३, शुक्रबार

नेपालका को-को व्याट्सम्यान आउट भए ? (अपडेट)

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

nepali-cricketकाठमाडौं, २८ असार । टी-ट्वान्टी विश्वकप छनोट प्रतियोगिताको आफ्नो तेस्रो खेलमा नेपालले खराब प्रदर्शन गरेको छ ।

टस हारेर व्याटिङको निम्तो पाएको नेपालले १२ ओभरको खेलमा ओभरमा ७ विकेट गुमाएर मात्र ५२ रन बनाएको छ । यो समाचार तयार पार्दासम्म नेपालका अनिल मण्डल, प्रदीप ऐरी र सागर पुन, कप्तान पारस खड्का र उपकप्तान ज्ञानेन्द्र मल्ल आउट भएका छन् ।

ओपनर अनिलले ९ बलमा मात्र २ रन बनाए । प्रदीप एक बल शून्य र सागरले १८ बलमा २० रन बनाएका छन् । कप्तान पारस खड्का १० रनमा आउट भएका छन् । भने ज्ञानेन्द्र २ रनमा आउट भएका छन् । आउट हुनेमा शरद भेष्वाकर र विनोद भण्डारी पनि थपिएका छन् । शरदले १० बलमा ६ रन विनोद एक बलमै आउट भएका छन् । राजेश पुलामी पनि आउट भएका छन् । उनले १५ बलमा ६ रन बनाए ।

आउट हुनेमा बसन्त रेग्मी, शक्ति गौचन र सोमपाल कामी पनि थपिएका छन् ।