काठमाडौँ, २८ असार । विश्वकप टी–ट्वान्टी छनोट प्रतियोगिताको आफ्नो तेस्रो खेलमा नेपालले आयोजक आयरल्यान्डविरुद्ध व्याटिङ गरिरहेको छ ।
आयरल्यान्डको बेलफास्टमा टस हारेर नेपालले व्याटिङको निम्तो पाएको थियो । प्रतियोगितामा आयरल्याण्ड निकै बलियो टिम हो ।
दोस्रोपटक विश्वकपमा छनोट हुने लक्ष्यसहित प्रतियोगिताको छनोट चरण खेलिरहेको नेपालले आयरल्यान्डसँग भने पहिलोपटक औपचारिक खेल खेल्न लागेको हो ।
आधिकारिकरुपमा अहिलेसम्म नेपाल र आयरल्यान्ड आमनेसामने भएका छैनन् । तर गतवर्ष बङ्गलादेशमा भएको विश्वकप टि–ट्वेन्टीको अभ्यास खेलमा भने दुबैको भेट भएको थियो । त्यतिबेला नेपाल आयरल्यान्डसँग पाँच विकेटले पराजित भएको थियो ।















प्रतिक्रिया