काठमाडौं, २८ असार । आइसीसी टी-ट्वान्टी विश्वकप छनोट प्रतियोगिताको आफ्नो तेस्रो खेलमा नेपालले आज आयोजक आयरल्याण्डसँग खेल्दै छ ।
नेपाली समयअनुसार बेलुका ७ बजे सुरु हुने भएपनि बर्षाका कारण नेपाल र आयरल्याण्ड बीचको खेल प्रभावित भएको छ ।
आयरल्याण्डको बेलफेस्टमा ७ बजे सुरु हुने भनिएको खेलमा बर्षा बाधक बन्दा केही ढिलाइ भएको हो । आइसीसीका अनुसार बर्षाका कारण टसमा समेत ढिलाई भएको छ ।
यसअघि दिउँसोको खेलमा हङकङ र नामिबियाले बर्षाकै कारण अंक बाँडिसकेका छन् । वर्षा नरोकिए नेपालले आज पनि अंक बाँड्नेछ ।















प्रतिक्रिया