३० आश्विन २०८३, शुक्रबार

कुचो तथा झाडु उत्पादन उद्योगमा युवालाई रोजगारीको अवसर

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

paisaझापा, २८ असार । झापाको मेचीनगरमा रहेको पूर्वाञ्चल कुचो तथा झाडु उद्योगले दैनिक २२ जना मजदुरलाई रोजगारी प्रदान गर्दै आएको छ ।

भारतको कोलकाताबाट कच्चा पदार्थ ल्याएर झापामा पहिलो पटक झाडु उद्योग सञ्चालन गरी स्थानीय क्षेत्रका १५ महिला र छ जना पुरुषलाई लक्ष्मण ढुङ्गेल तथा भावना ढुङ्गेलले रोजगार प्रदान गर्नुभएको हो । विसं २०५९ मा मेचीनग-१० सुनगाभा टोलमा सञ्चालित उद्योगबाट उत्पादित सामग्री झापा, मोरङ, सुनसरी, पोखरा, नारायणघाट, काठमाडौँसम्म पुग्ने गरेको सञ्चालक ढुङ्गेल बताउनुहुन्छ ।

नेपालमा व्यावसायिक रुपमा नरिवल खेती नहुँदा भारतको कोलकाताबाट कच्चा पदार्थ ल्याउनुपर्दा धेरै खर्चिलो हुने ढुङ्गेललको भनाइ छ । उहाँका अनुसार एक हजार ५०० किलो कच्चा पदार्थ नेपाल ल्याइ पु¥याउँदा रु एक लाख ६० हजार खर्च हुने गर्छ ।

विशेषगरी असार, साउन र भदौ महिनामा झाडुको व्यापार फस्टाउने गरेको छ । घरमै सञ्चालित यस उद्योगबाट मासिक खर्च कटाएर रु ६० हजार आम्दानी हुने गरेको सञ्चालक भावनाको भनाइ छ । रासस