३० आश्विन २०८३, शुक्रबार

ब्याटले मात्र होईन, बलले पनि विपक्षी टोलीलाई तर्साउँछन् कप्तान पारस

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

paras-khakda

– लक्ष्मी काफ्ले

झापा, २८ असार । अघिल्लो वर्षको टी-२० विश्वकपमा नेपाल छनोट हुँदाको खुशी हामीलाई अझै याद छ । खेलप्रेमीको अपेक्षाभन्दा उत्कृष्ट प्रदर्शन गरेर वाहवाही कमाएको पारस एण्ड कम्पनी एकपटक फेरि मैदानमा छ ।

कुनैबेला क्रिकेटको नाम सुन्नासाथ रिसले फन्किने हाम्रा अभिभावकहरु अहिले नबुझेपनि आँखा तन्काएर खेलतर्फ चासो दिने भएका छन् । यो नै नेपाली क्रिकेटले पाएको सफलता हो । कसैले नसोचेको गतिमा नेपालले क्रिकेटमा फड्को मारेको देखेर विश्वका चर्चित क्रिकेटरलाई टाउको दुखाई बन्न थालेको छ ।

उदाहरणको लागि शिखर धवन छन् । भारतका विस्फोटक व्याट्म्यानको सूचीमा रहेका धवनलाई नेपाली क्रिकेट टिमका कप्तान पारस खड्काले वरियताक्रममा मात खुवाइदिए । पारसकै कारण धवन अहिले तनावमा रहेको अनुमान लगाउन सकिन्छ ।

अहिले नेपाली टोली दोस्रो पटक टी–२० विश्वकप खेल्नका लागि छनोट चरणमा छ । नेपालको खेल शैलीलाई हेर्ने हो भने यो पटक पनि नेपाल सहजै छनोट हुन्छ । कप्तान पारस फर्ममा छन् । व्याटले मात्र होईन, बलले पनि उनी विपक्षी टोलीका खेलाडीलाई तर्साउन सक्छन् ।

आज नेपालले छनोट प्रतियोगिताको सहआयोजक आयरल्यान्डसँग खेल्दैछ । आयरल्यान्ड यस प्रतियोगिताको बलियो टोली मानिन्छ । आयरल्याण्डले यसअघि नै दुई पटक टी–२० विश्वकप छनोटको उपाधि जितिसकेको छ । आयरल्यान्ड घरेलु मैदानमा ह्याट्रिक गर्ने अभियानमा छ भने नेपाल लगातार दोस्रो पटक छनोट हुने अभियानमा छ । आयरल्यान्डको टोलीमा काउन्टी क्रिकेट खेल्ने पाउल स्टिर्लिङ, एन्ड्रयु वालब्रिन र जर्ज डक्रेल जस्ता अनुभवी खेलाडी छन् ।

नेपालका लागि कप्तान पारसका अलावा उपकप्तान ज्ञानेन्द्र मल्ल, सागर पुन, अनिल मण्डलजस्ता खेलाडी भरपर्दा छन् । यसअघि अमेरिकासँगको खेलमा भने सागर पुन, सरद भेषवाकर र विनोद भण्डारीले भने सोचेअनुसारको खेल देखाउन सकेनन् । यद्यपी कप्तान पारसको २१, उपकप्तान मल्लको ५२ र अनिलको २९ रनको मद्दतले नेपालले सहज जित हात पारेको थियो ।

अमेरिका विरुद्ध ६ रन जोडेका सागर, ७ रन जोडेका विनोद र २ रन जोडेका सरदले व्याटिङ सुधार्नुपर्ने देखिन्छ । वैशाख १२ को विनाशकारी भूकम्पले तयारी प्रभावित हुँदा नेपालले भारतको हिमाञ्चल प्रदेशमा तीन साता भन्दा बढी प्रशिक्षण गरेको थियो । युरोपको मौसममा सघर्षरत नेपाली टोलीको उत्कृष्ट प्रदर्शनले विपक्षीको लागि टाउको दुखाई बनेको छ ।