बर्दिया, २८ असार । चार महिनादेखि प्रहरी संगठनमा शुद्धिकरण अभियान चलाएको क्षेत्रीय प्रहरी कार्यालयले याे अवधिमा प्रहरी अधिकृत सहित ५२ जनालाई जागिरबाट बर्खास्त गरेको छ । १ सय १६ जना कारबाहीमा परेका छन्।
कारबाहीमा पर्ने प्रहरीमा मादक पदार्थ सेवन गरी अस्वभाविक व्यबहार गर्ने, अतिरिक्त आम्दानी केन्द्रित हुने र अपराधिक क्रियाकलापमा संलग्न हुनेहरु छन्। उनीहरुमाथि लागेका अभियोग पुष्टि भएपछि कार्यालयले त्यस्ता गतिबिधि गर्ने प्रहरी अधिकृतदेखि जवानसम्मलाई बर्खास्त गरेको हो।
दंगा नियन्त्रण गणका प्रहरी निरीक्षक रवि यादब मादक पदार्थ सेवन गरेर कार्यालय परिसरमा हो हल्ला गरेको अभियोगमा अवकाश पाएका छन्। असार दोस्रो साता उनले बर्खास्तको पत्र बुझे। जागिरबाट हट्ने गरी कारबाही हुने प्रहरी अधिकृत यादव प्रहरी संगठनकै पहिलो व्यक्ति हुन्।
‘प्रहरी निरीक्षक यादब जागिरबाट बर्खास्त भएर हदैसम्म कारबाही हुने पहिलो अधिकृत हुन्’, क्षेत्रीय प्रहरी कार्यालयका प्रमुख डिआईजी केशब अधिकारीले भने । ‘शान्ति सुरक्षा प्रत्याभुति सर्वसाधरण दिलाउँन प्रहरी आचरणले ठिक हुन पर्छ’उनले भने,’आचरणहीन प्रहरीले सर्वसाधरण रक्षक हुन सक्दैन ।’
चार महिना अवधिमा ५२ जना प्रहरीले बर्खास्थ र १ सय १६ जनालाई कारबाही गरिएको उनले जानकारी दिए । ईलाका प्रहरी कार्यालय ढोढरी भवन उद्घाटनमा सहभागी भएका उनले आचारणहीन प्रहरीको कारबाहीलाई तीब्रता दिने बताए।
दंगा नियन्त्रणमा गणमा कार्यरत प्रहरी निरिक्षकलाई मादक पदार्थ सेवन गरेर कार्यलय परिसरमा अस्वभाविक गतिबिधि गरेकाले कारबाहीको सिफारिस गरेको एसपी जगतमान श्रेष्ठले बताए । नागरिक दैनिकमा समाचार छ ।















प्रतिक्रिया