४ कार्तिक २०८३, बुधबार

सभासदले पाएनन् पाँच करोड

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Savasadकाठमाडौं, २८ असार । सत्तापक्षकै सभासद्ले निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमका लागि ५ करोड रुपैयाँ छुट्याउन दबाब दिए पनि प्रधानमन्त्री सुशील कोइरालाले त्यति रकम दिन नसक्ने स्पष्ट पारेका छन्।

कांग्रेस–एमालेकै सभासद्ले हस्ताक्षर संकलन गरी ५ करोड छुट्याउन सरकारलाई दबाब दिएका थिए।

संसद्मा नीति तथा कार्यक्रममाथि आइतबार सभासद्का प्रश्नको जबाफ दिँदै प्रधानमन्त्री कोइरालाले भने, ‘मुलुक विपत्तिमा छ। यस्तो बेलामा जति अर्थतन्त्रले धान्छ, त्यति नै रकम जान्छ।’

त्यसअघि निर्वाचन क्षेत्र कार्यक्रममा ५ करोड पर्छ कि पर्दैन भनेर एमालेका विदुर सापकोटा, रामवीर मानन्धर, मोहन बानियाँ, आनन्द पोखरेललगायतका सभासद्ले प्रधानमन्त्रीलाई प्रश्न सोधेको अन्नपूर्ण पोष्ट दैनिकले छापेको छ ।

जबाफमा कोइरालाले मुलुक कठिन स्थितिबाट गुज्रिरहेका बेला ५ करोड दिन नसकिने बताए।

कोइरालाले भने, ‘मुलुकको चाहना शान्ति, लोकतन्त्र र विकासका लागि संविधान हो। संविधान निर्माण गरेरै मुलुकले गति लिन सक्छ।’

प्रधानमन्त्रीको जबाफपछि संसद्ले सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित गरेको थियो।

नीति तथा कार्यक्रम सम्बोधन गरेकोमा राष्ट्रपति डा रामवरण यादवलाई धन्यवादसहित नीति तथा कार्यक्रम पारित गर्न सभामुख सुवास नेम्बाङले राखेको प्रस्ताव ध्वनिमतका आधारमा बहुमतले पारित भएको थियो।