काठमाडौं, २७ असार । आइसीसी ट्वान्टी-२० विश्वकप छनोटमा ३ अंकका शीर्ष स्थानमा रहेको नेपाललाई आयरल्याण्डले तल झारेको छ ।
आइतबार बेलुका भएको आफ्नो दोस्रो खेलमा अमेरिकालाई ४६ रनले हराउँदै आयरल्याण्ड समूहको शीर्ष स्थानमा उक्लिएको हो । यसअघि शीर्ष स्थानमा रहेको नेपाल दोस्रो स्थानमा झरेको छ ।
पहिलो खेलमा नामिबियालाई पराजित गरेको आयरल्याण्डले दोस्रो खेलमा अमेरिकालाई हराएर ४ अंक जोड्दै शीर्ष स्थानमा उक्लिएको हो । यसअघि नेपालले अमेरिकालाई पराजित गरेर २ अंक र नामिबियासँग १/१ अंक बाँडेर ३ अंकसहित समुह ‘ए’को शीर्ष स्थानमा थियो ।
भोली (सोमबार) नेपाल र आयरल्याण्डबीच खेल हुँदैछ । नेपालले शीर्ष स्थानमा उक्लिन भोलीको खेलमा आयरल्याण्डलाई अनिवार्य रुपमा पराजित गर्नुपर्नेछ । आयरल्याण्ड आयोजक टिम पनि हो ।
प्रतियोगितामा निरन्तर शीर्ष स्थानमा रहीरहने टिम सिधै विश्वकप छनोटमा प्रवेश गर्नेछ । दुई समुहबाट शीर्ष स्थानमा रहने दुई टिम विश्वकपका लागि छनोट हुनेछन् । त्यस्तै, शीर्ष तालिकामा दोस्रो र तेस्रो स्थानमा रहेका टिम दुबै समुहका टिमसँग प्रतिस्पर्धा गरी दईटै समुहबाट दुई/दुई टिम विश्वकपमा छनोट हुनेछन् ।
विश्वकप छनोट प्रतियोगितामा सहभागि १४ टिम मध्ये ६ टिम मात्रै विश्वकप क्रिकेटका लागि छनोट हुनेछन् । नेपालको समुह ‘ए’मा अमेरिका, हङ्कङ, पपुवा न्युगिनी, आयरल्यान्ड, जर्सी र नामिबियासँग छन् ।
त्यस्तै, प्रतियोगिताको समूह ‘बी’ मा अफगानिस्तान, केन्या, ओमान, क्यानाडा, संयुक्त अरब इमिरेट्स ९यूएई०, स्कटल्यान्ड र नेदरल्यान्ड्स छन् ।
उक्त प्रतियोगितामा शीर्ष छ भित्र पर्न सके नेपालले विश्वकप खेल्ने मौका पाउनेछ । त्यस्तै प्रतियोगितामा शीर्ष छ टोलीले सन् २०१६ मा भारतमा हुने विश्वकप ट्वेन्टी–ट्वेन्टी क्रिकेट प्रतियोगिताका लागि छनोट हुनेछन् ।
















प्रतिक्रिया