काठमाडौं, २७ असार । सेवा विस्तारको लागि रिलायवल रेमिट र लुम्बिनी बैंक बीच रेमिट्यान्स सम्झौता भएको छ । रिलायबल रेमिट तथा रिलायबल डेभलपमेन्ट बैंकका तर्पmबाट प्रमुख कार्यकारी अधिकृत नारायण बाबु लोहनी र लुम्बिनी बैंकका तर्पmबाट डिपोजिट रिलेसनशीप म्यानेजमेन्ट हेड रितेश लामिछानेले सम्झौतामा हस्ताक्षर गर्नुभएको छ ।
सहमति पश्चात बैकका सबै शाखाबाट रिलायबल रेमिटको रेमिट्यान्स सेवा प्राप्त गर्न सकिने छ । काठमाण्डौंको नक्सालमा केन्द्रिय कार्यालय रहेको लुम्बिनी बैंकको कुल १८ शाखाबाट सेवाग्राहीले देश विदेश बाट आएको भुक्तानी प्राप्त गर्नुका साथै आन्तरीक विप्रेषण मार्पmत देशभर छरीएर रहेका ३६०० भन्दा बढी सञ्जाल मार्फत विभिन्न बाणीज्य बैंक, विकास बैंक, फाइनान्स कंम्पनी एवं अन्य संघ संस्थामा नगद तथा खातामा जम्मा गर्न छ ।















प्रतिक्रिया