काठमाडौं, २७ असार । शान्ति स्थापना हुनुपर्ने माग राख्दै दक्षिणी सुडानका महिलाले ‘सेक्स हड्ताल’ गरेका छन् ।
देशमा चलिरहेको हिंसात्मक गतिविधी साम्य पार्न माग राख्दै शान्तिको पक्षमा कार्यरत महिला कार्यकर्ताहरुले जब सम्म देशमा शान्ति हुँदैन तब सम्म आफ्ना पतिसँग शारीरिक सम्बन्ध नराख्ने बताएका हुन् । उनीहरुले सबै महिलाहरुलाई सेक्स हड्तालमा उत्रिल आव्हान समेत गरेका छन् ।
अन्तर्राष्ट्रिय संचारमाध्यममा आएका समाचारमा उनीहरुले भने छन्, ‘जबसम्म देशमा शान्ति कायम हुँदैन, तबसम्म महिलाहरुले आफना पतिसँग शारीरिक सम्बन्ध अस्वीकार गर्नुस् ।’ देशभरका सबै महिलाहरुलाई सेक्स हड्ताल आन्दोलनमा सहभागी हुन अपील गरेका महिला कार्यकर्ताहरुले यस आन्दोलनले मुलुकमा शान्ति स्थापना हुने विश्वास लिएका छन् ।
महिलाले अपनाएको सेक्स हड्तालको घट्ना यो पहिलो होइन । सन २००३ मा लाइबेरियामा महिलाले अपनाएको सेक्स अवज्ञा आन्दोलनको दवावले १४ वर्र्ष देखि जारी गृहयुद्ध समाप्त गर्न सहयोग पुर्याएको थियो । लाइबेरियामा सेक्स हडतालको नेतृत्व गर्ने लेयमाह गबोवीलाई सन २०११ को नोवेल शान्ति पुरस्कार प्रदान गरिएको थियो ।
सुडान ट्रिब्यूनका अनुसार दक्षिण सुडानको राजधानी जुवामा बसेको महिला कार्यकर्ताहरुको बैठकले सेक्स हड्ताल आन्दोलनको घोषणा गरेको अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले उल्लेख गरेका छन् ।















प्रतिक्रिया