सोल । रोजगारीका लागि कोरिया पुगेका एक नेपालीको मृत्यु भएको छ ।
६ बर्षअघि ईपियस मार्फत कोरिया आइ अवैधानिक रुपमा काम गर्दै आएका कास्की लेखनाथ १२ का ३५ बर्षीय भुमेश्वर गुरुङको आइतबार बिहान ५ बजे निधन भएको हो ।
शनिवार साझ बाहिर घुुम्न निस्केर राति कोठामा फर्किएका गुुरुङ सुतेको केहिबेरमा श्वास प्रश्वासमा समस्या भएपछि उनीसंगै कार्यरत साथीहरुले अस्पताल पुर्याएका थिए । अस्पताल पुर्याएको ३० मिनेटमा गुरुङको मृत्यु भएको अस्पताललाइ उदृढ गर्दै उनीसंगै कार्यरत सहकर्मी हेमराज पौडेलले बताए ।
मृतक गुरुङले आनसान स्थित छजाङ छङइल नामक गाडिको पार्ट बन्ने कम्पनीमा एक हप्ता अघिबाट काम गर्न सुरु गरेका थिए । १२ जना अन्य नेपाली समेत कार्यरत उक्त कम्पनी आएको एक हप्ता बित्न नपाउँदै उनको ज्यान गएकोे हो । उनको मृत्युबारे अहिले प्रहरीले अनुसन्धान गरिरहेको छ ।
मृतक गुरुङ २००९ मा कोरिया आएका थिए । मृतकका १ छोरा एक छोरी र श्रीमती रहेको पनी सहपाठी साथीले जानकारी दिए । ‘आइतबार बिदाको कारण दूताबासमा पनि सम्पर्क गर्दा रेस्पोन्ज भएन’ सहपाठी पौडेलले भने । अबैधानिक रुपमा काम गर्ने कामदारको मृत्यु भएपछि शव नेपाल पठाउन समस्या हुँदै आएको छ ।
गत हप्ता मोटरसाइकल दुर्घटनामा परि निधन भएका एक अबैधानिक नेपाली कामदारको शब नेपाल पठाउन समस्या भएपछि यहाँ कार्यरत नेपाली संघसस्थाले सहयोग अभियान सुरु गरेका छन । शव पठाउन झण्डै नेपाली १० लाख लाग्ने गर्छ ।


















प्रतिक्रिया