३० आश्विन २०८३, शुक्रबार

‘काठमाडौंलाई नाकाबन्दी गर्छु’ भन्ने नेतालाई मन्त्री पण्डितको कडा जवाफ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

lalbabu-panditकाठमाडौं, २७ असार । सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले काठमाडौँलाई नाकाबन्दी गर्छु भन्नेहरु आफैँ त्यसको धरापमा पर्ने बताउनुभएको छ ।

नेकपा एमालेका नेता समेत रहेका मन्त्री पण्डितले तराईको सर्लाही जिल्ला पुगेर मधेसी नेताले दिएको अभिव्यक्तिप्रति कडा आपत्ति जनाउँदै कडा जवाफ दिनुभएको हो । सर्लाहीमा कार्यकर्ताको भेटघाट कार्यक्रममा मन्त्री पण्डितले भन्नुभयो, “तराईका धर्तीपूत्र भन्नेहरुले काठमाडौँमा अकूत सम्पत्ति थुपारेका छन्, उनीहरुले गर्ने नाकाबन्दीबाट आफैँ पहिला धरापमा पर्नेछन् ।”

अर्काको दानापानी खाएर अर्काको भाषा बोल्नेहरुले नेपालको कहिल्यै हित नसोचेको उल्लेख गर्दै मन्त्री पण्डितले अर्काको बलमा नाकाबन्दीको धाक देखाउनेहरु संविधान निर्माणपछि स्वतः समाप्त भएर जाने दाबी गर्नुभयो ।

केही दिन अगाडि राजधानीमा आयोजित एक कार्यक्रममा सद्भावना पार्टीका अधयक्ष राजेन्द्र महतोले काठमाडौंमा दानापानी बन्द गरेर नाकाबन्दी गर्ने धम्कीपूर्ण भाषा प्रयोग गरेका थिए ।