काठमाडौं, २७ असार । वर्षाका कारण पटकपटक खेल अवरुद्ध भएपछि आइसीसी विश्व ट्वान्टी-२० छनोट प्रतियोगिता अन्तर्गतको दोस्रो खेलमा नेपालले नामिबियासँग अंक बाँडेको छ ।
निरन्तर वर्षाले अवरुद्ध भएपछि रद्ध गरिएको शनिवार रातिको खेलमा आइसीसीले आफ्नो नियमानुसार दुबै टिमलाई १-१ अंक बाडेको हो । वर्षा हुनुअगाडि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नामिबियाले ७.४ ओभरको खेलमा १ विकेट गुमाएर ६१ रन बनाएको थियो ।
नेपालका लागि कप्तान पारस खड्काले विकेट लिए । खेलमा अंक बाँड्दै नेपाल समूह ‘ए’को शीर्ष स्थानमा उक्लिएको छ । दुई खेल खेलेको नेपाल ३ अंकसहित समूहको शीर्ष स्थानमा उक्लिएको हो ।
वर्षा बाधक नबनेको भए नेपालले जित्ने सम्भावना थियो । जसबाट नेपालले चार अंक प्राप्त गर्दथ्यो । तर, वर्षाले खेल अवरुद्ध भएपछि अंक बाड्दा नेपाललाई एक अंकको नोक्सानी भएको नेपाल क्रिकेट संघ क्यानका पदाधिकारी बताउँछन् ।
यसअघि केही महिना पहिले नामिबियामै भएको डिभिजन-२ को खेलमा नेपालले घरेलु मैदानमै नामाबियालाई पराजित गरेको थियो ।















प्रतिक्रिया