४ कार्तिक २०८३, बुधबार

किन जाँदैछन् नयाँदिल्ली ठूला नेताहरू

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Puspakamal-Dahalकाठमाडौं, २७ असार । संविधान निर्माण अन्तिम चरणमा पुग्दा प्रमुख दलका शीर्ष नेता पालैपालो भारत भ्रमणमा जान लागेका छन् ।

एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल र कांग्रेस वरिष्ठ नेता शेरबहादुर देउवा साउन १२ मा भारत जान लागेको समाचार कान्तिपुर दैनिकले छापेको छ ।

दुवै पूर्वप्रधानमन्त्रीलाई भारत सरकारको भ्रमण निम्तो छ ।

पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र कांग्रेस उपसभापति रामचन्द्र पौडेल पनि दिल्ली जाने सूचीमा छन् ।

उनीहरुको भ्रमणपनि साउनभित्रै हुने स्रोतले बतायो ।