३० आश्विन २०८३, शुक्रबार

भैरहवाका होटलमा प्रहरीको अनुगमन, यस्तो देखियो दृश्य (फोटोफिचर)

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Bhairhawa-hotel (3)

– विवेक विश्वकर्मा
भैरहवा, २५ असार । भैरहवामा संचालनमा रहेका केही होटलहरुको महिला बिकास कार्यालयको अगुवाईमा प्रहरीले अनुगमन गरेको छ ।

अनुगमन गरिएका अधिकांश ठूला होटलहरुमा कर्मचारीले नियुक्तपत्र विना नै काम गर्ने गरेको पाईएको छ । होटल नान्स, होटल लाकौल, होटल सिटी सेंन्टर लगायतका होटलहरुमा अनुगमन गरिएको र यी होटलहरुमा बिना नियुक्ती पत्र महिला तथा युवतीहरुलाई काममा लगाईएको महिला बिकास कार्यालयले जनाएको छ ।

अनुगमनमा होटल संचालकहरुले विना नियुक्ति पत्र कर्मचारीलाई काममा लगाएको, महिला कर्मचारीको कामको सुरक्षा, उपयुक्त समय, सेवाग्राहीले स्पष्ट देख्ने गरी मुल्य सुची तथा होटलमा प्रवेश गरिसकेपछि पालना गर्नु पर्ने नियमको बारेमा जानकारी गराउने त्यस्तो कुनै व्यवस्था नगरेको पाईएको अनुगमन टोलीका संयोजक महिला तथा बालबालिका कार्यालय रुपन्देहीका प्रमुख उषा रावलले जानकारी दिनुभयो ।

अनुगमनको क्रममा संयोजक रावलले होटल संचालक हरुलाई आफ्नो व्यवसाय संचालन गर्दा नेपाल सरकारले तोकेको न्युनतम् मापदण्डलाई पालना गर्न होटल संचालकहरुलाई सुझाव दिनुभयो ।

Bhairhawa-hotel (1) Bhairhawa-hotel (2)  Bhairhawa-hotel (4)