मुम्बई । बलिउडका नम्बर वान जोडि शाहरुख खान र काजोलबीच अफेयर चलेको खबरहरु सार्वजनिक भएका छन् ।
अफेयर चलेको खबर सार्वजनिक भएपछि काजोलका श्रीमान अजय देबगण शाहरुखसँग हिसाबकिताब चुक्ता गर्न लण्डन पुगेका छन् । अफेयरको खबर सार्वजनिक भएपछि शाहरुख र अजयबीचको दुश्मनी झन बढेको थियो ।
तर, आफूलाई भेट्न लण्डन पुगेका अजयलाई शाहरुखले अफेयरको हल्ला फिल्मको दृश्यमा मात्रै रहेको बताएपछि अजय कुल भएका थिए । शाहरुखको बहुप्रतिष्ठित फिल्म ‘दीलवाले’को शुटिङ अहिले बेलायतको लण्डन सहरमा भईरहेको छ । जसमा शाहरुख र काजोलले प्रेमी प्रेमिकाको भुमिका निभाएका छन् ।
त्यसैकारणले खबरहरु आएको शाहरुखले अजयलाई बताए । शाहरुखलाई भेटन अजय ‘दीलवाले’को सुटिङ स्पटमै पुगेका थिए । बलिउडमा पाँच वर्षपछि शाहरुख र काजोलको रिल जोडि फिल्म ‘दीलवाले’बाट पुनरागमन हुन लागेको हो ।
यसअघि बलिउडमा शाहरुख र काजोलको जोडि भएको फिल्म दर्शकहरुले अत्याधिक रुचाएका थिए । बलिउडमा शाहरुख र काजोलको जोडिलाई उत्कृष्ठ मान्ने गरिन्छ ।
















प्रतिक्रिया