४ कार्तिक २०८३, बुधबार

चक्रपथ बनाउन आएका चिनियाँ कामदार भागेपछि…

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

china_nepal_flagकाठमाडौं, २६ असार । भूकम्पको नाममा ‘नेपालमा बसेर काम गर्न नसक्ने’ भन्दै चिनियाँ कामदार स्वदेश भागेपछि आठ लेनको कोटेश्वर–कलंकी सडकखण्ड अलपत्र परेको छ । समयमा सडक निर्माण गर्ने काम नहुँदा सर्वसाधारण घाममा धुलो खान र वर्षामा हिलो झेल्न बाध्य छन् ।

आगामी सन् २०१६ को मे महिनामा सम्पन्न हुनुपर्ने ५० मिटर चौडाईको उक्र सडकखण्ड अहिले पूर्णरुपमा ठप्प छ । ठेकेदार चीनको सांघाई कन्ट्रक्सन ग्रुपका तर्फबाट श्रमिकदेखि प्रोजेक् म्यानेजरसम्म ९० जना चिनियाँ कामदार गत वैशाख १२ गते भूकम्प गएलगत्तै जानकारी नदिई स्वदेश फर्केका थिए ।

काठमाडौं चक्रपथ सुधार आयोजनाका प्रमुख अशोक तिवारीका अनुसार चिनियाँ कामदारलाई नेपाल फर्काएर काम नियमित गराउन पटकपटक ताकेता गरे पनि ठेकेदारले हालसम्म चासो देखाएका छैनन् । अन्नपूर्ण पोष्टमा समाचार छ ।