३० आश्विन २०८३, शुक्रबार

थुनामा रहेकी चिनियाँ पत्रकार जाङ मियाओ रिहा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

SCMP 08AUG14 NS CLAUDIA1  NAMEA.JPGबेइजिङ, २५ असार । विदेशी मिडियालाई समाचार दिएको निहुमा गएको करिब नौ महिनादेखि थुनामा परेकी एकजना चिनियाँ पत्रकारलाई शुक्रबार रिहा गरिएको छ ।

उनले गतवर्ष विश्वकै ध्यानाकर्षण गराउनेगरी हङ्कङमा भएको प्रजातान्त्रिक आन्दोलनका क्रममा उक्त आन्दोलनको समाचार जर्मनीको एक म्यागेजिनलाई दिएकी थिइन् ।

उनले आफू रिहा भएको समाचार शुक्रबार एएफपी समाचार समितिलाई जानकारी गराएकि हुन् । तर उनको वकिललाई भने अहिले पनि उनकै वकालत गरेका कारण थुनामा राखिएको छ ।

चिनियाँ पत्रकार जाङ मियाओलाई गत अक्टोबर महिनामा थुनामा राखिएको थियो । उनले जर्मनीको एक म्यागेजिनका लागि समाचार उपलब्ध गराएको बताइएको छ ।

उनले हङकङ्बाट त्यहाँको प्रजातान्त्रिक आन्दोलनका पक्षमा समाचार रिपोर्टिङ् गरेकी थिइन् । सो समाचार सङ्कलन गरी स्वदेश फर्र्किएलगत्तै उनलाई पक्राउ गरिएको बताइएको थियो ।

उनको यस थुनाले विशेषगरी विदेशी सञ्चारमाध्यमका लागि कार्यरत चिनियाँ प्रतिनिधिमाथि सरकारको खतरालाई सङ्केत गरेको छ ।
उनले जर्मनीको ह्याम्बर्गमा कार्यालय रहेको दिया जेइत नामक एक म्यागेजिनका लागि कामगर्ने गर्थिन् । उनले शुक्रबार आफू रिहा भएको र सुरक्षित रुपमा नै सार्वजनिक सवारीबाट घर फर्किन थालेको बताएकि छिन् ।

उनका परिवारका सदस्य र भाईले भने शुक्रबार बिहानै उनका वकिल चाउ सिफेङ्लाई प्रहरीले पक्राउ गरी थुनामा राखेको जनाएका छन् ।
राजधानीको होटलबाट उनका वकिललाई तीन प्रहरीले नियन्त्रणमा लिएर उनको टाउको छोपेर प्रहरी भ्यानमा हालेको पत्रकार मिआयोका भाईले बताएका छन् ।

चीन सरकारले आफ्नो देशका सञ्चारमाध्यमहरुलाई निकै कडा निगरानी राख्ने गर्छ । चिनियाँ अधिकारीहरुले विदेशी सञ्चारका लागि कामगर्न चिनियाँ नागरिकलाई पनि प्रतिबन्ध लगाएका छन् । तरपनि चीनमै बसेर विदेशी सञ्चारका लागि सहयोगीका रुपमा कामगर्न भने अनुमति दिएको छ । रासस/एएफपी