काठमाडौं, २५ असार । सिरियाको अति द्वन्द्वग्रस्त नगर अलेपोमा बिहीबार बम विस्फोट गरी कम्तीमा पनि १९ जनाको हत्या गरिएको छ ।
सो विस्फोटमा परी पाँच जना बालबालिका पनि परेका समाचारमा जनाइएको छ । उक्त बम हमलामा एकजना गर्भवती महिला पनि मारिएको बताइएको छ । उनी अस्पताल जान लागेकी थिईन् ।
सिरियाको उत्तरी सो नगरमा हालैका दिनमा प्राय दिनहुँजसो यस्तो हत्या हिंसा हुने गरेको छ । सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सले यस हमलाको पुष्टि गरेको छ ।
उक्त अधिकारवादी संस्थाका प्रमुख रामी अब्देल रहमानले भनेका छन्– ती बालबालिका १० वर्षभन्दा मुनिका नै रहेका थिए ।
सो आक्रमणमा परी अरु कम्तीमा पनि २० जना व्यक्ति घाइते भएका छन् । सिरियामा गएको चार वर्षभन्दा लामो समयदेखि हिंसा जारी रहेको छ । रासस÷एएफपी















प्रतिक्रिया