३० आश्विन २०८३, शुक्रबार

विमानमा बम राखेको धम्कीपछि आकस्मिक अवतरण, यात्रु सबै सकुसल

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

jet-airways-a380काठमाडौं, २५ असार । मुम्बईबाट दुबइका लागि उडेको एक विमानमा बम राखेको धम्कीपछि मस्कटमा आकस्मिक अवतरण गराइएको समाचार छ ।

अधिकारीका अनुसार उक्त विमानमा बम राखेको भनेपछि मस्कटमा आकस्मिक अवतरण गराइएको हो । यसरी आकस्मिक रूपमा विमान अवतरण गराइएको दुई दिनमा यो दोस्रो पटक हो ।

सो विमानमा रहेका सबै ५४ जना यात्रुलाई सुरक्षित रूपमा उद्धार गरिएको छ । सो जेट विमानका एकजना प्रवक्ताले मस्कट विमानस्थलको एक सुरक्षित स्थानमा अवतरण गराई बमको खोजी गरिएको थियो ।

सो जेट एयरवेजका प्रवक्ता मनिस कलगत्गीले भनेका छन्– दुबईका लागि मुम्बईबाट विमान उडेपछि नै त्यसमा बम राखिएको धम्की आयो र सो गम्भीर प्रकृतिको धम्की थियो ।

सो विमानमा रहेका सबै यात्रुलाई सुरक्षित रूपमा बाहिर निकाली यमनका सुरक्षा अधिकारीहरूले बम राखिएको बारेमा व्यापक मात्रामा खोजी गरेका थिए । जेट एयरवेज भारतको सबैभन्दा ठूलो हवाई उड्डयन कम्पनी हो ।

गत मङ्गलबार पनि बैंककबाट स्तानबुलका लागि उडेको टर्किस एयरको एक विमानमा यस्तै बमको धम्की आएपछि भारतीय राजधानी नयाँ दिल्लीमा रहेको विमानस्थलमा आकस्मिक अवतरण गराइएको थियो । रासस/एएफपी