४ कार्तिक २०८३, बुधबार

शिशु फाल्दा फाल्दै महिला गिरफ्तार

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २५ असार । अवैध सम्बन्धबाट जन्मिएका नवजात शिशुलाई बागमतीमा लगेर फ्याँक्ने एक महिलालाई बिहीबार महानगरीय प्रहरी वृत्त गौशालाले पक्राउ गरेको छ ।

बिहीबार बिहान एक महिला पशुपति आर्यघाटमा पोको फ्याँकेर भाग्दै गरेको अवस्थामा प्रहरीले ती महिलालाई बागमतीमा फोहोर फ्याँकेको अभियोगमा पक्राउ गरेको थियो । फोहोर फ्याँकेको अभियोगमा पक्राउ परेकी महिलालाई प्रहरीले उक्त फोहोर उठाउन लगाएपछि ती महिला हडबडाएकी थिइन् । गौशाला प्रहरीले महिलाले फ्याँकेको ब्याग खोलेर हेर्दा जिउँदै अवस्थामा रहेको बच्चा देखेपछि ती महिला भाग्न खोजेकी थिइन् । आजको समाचारपत्र दैनिकमा खबर छ ।