४ कार्तिक २०८३, बुधबार

अध्यक्ष पद छाडेर किन नेता बने उनी ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ashok-raiकाठमाडौं, २५ असार । संघीय समाजवादी फोरम नेपालले संसदीय दलको नेतामा वरिष्ठ नेता अशोक राईलाई चयन गरेको छ ।

फोरम संसदीय दलको बुधबार र बिहीबार बसेको बैठकले राईलाई नेता, लालबाबु राउतलाई उपनेता र डा शिवजी यादवलाई सचेतक सर्वसम्मतिले चुनेको समाचार आजको सौर्य दैनिकले छापेको छ ।

राई नेतृत्वको संघीय समाजवादी पार्टी र उपेन्द्र यादव नेतृत्वको मधेसी जनअधिकार फोरम नेपालबीच गत जेठ ३२ गते पार्टी एकता घोषणा भएको थियो ।

पार्टी एकीकरणका लागि कुनै समयको आफ्ना कार्यकर्ता यादवलाई राईले आफ्नो नेता मानेका थिए ।

त्यसपछि पार्टी एकीकरण सम्पन्न भएको थियो । एकीकरणका क्रममा युवराज कार्की नेतृत्वको खस समावेशी राष्ट्रिय पार्टी पनि सामेल भएको थियो ।

गाभिएका तीन दललाई यादवले नेतृत्व गरेका छन् । एकीकृत पार्टीमा जम्मा १५ सभासद् छन् ।

संसदीय दलको नेतामा चुनिएका राई यसअघि नेकपा एमाले उपाध्यक्ष थिए ।

उनले एमाले फुटाएर नयाँ पार्टी गठन गरे पनि कुनै उपलब्धि गर्न नसक्दा अन्ततः यादव नेतृत्वको मधेसी जनअधिकार फोरम नेपालमा पार्टी एकीकरण गर्नुपरेको थियो ।

संयुक्त एकीकृत यादव नेतृत्वको पार्टीले संविधानको नयाँ मस्यौदाको विरोधमा आवाज उठाउँदै आएको छ ।