१ कार्तिक २०८३, शनिबार

यी हुन् यूएईको जेलमा मृत्युलाई जित्ने नेपाली, काम गर्न गएको ६ महिनामै जेल

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

anish-khaling

यी हुन् यूएईको जेलमा मृत्युलाई जित्ने नेपाली, काम गर्न गएको ६ महिनामै जेल

काठमाडौं, २४ असार । वैदेशिक रोजगारीका लागि यूएई पुगेको ६ महिनामै जेल परेका एक नेपाली आफ्नो मृत्यु जित्दै बुधबार घर फर्किएका छन् । ज्यान मुद्दामा यूएई दुबइमा मृत्‍युदण्डको सजाय सुनाइएका अनिश खालिङ जेलबाटै मृत्‍युलाई जितेर माृतभुमि नेपाल आएका हुन् ।

संखुवासभाको मत्स्यपोखरीका अनिशले यूएई पुगेको ६ महिनामै ज्यान मुद्दाको गलत आरोपमा जेल सजायँ पाएका थिए । यूएईमा भएको पाकिस्तानी नागरिक हत्यामा संलग्न भएको आरोपमा उनलाई यूएईको अलऐन जेलमा राखिएको थियो ।

यूएईको कानुन अनुसार सुरुमा आवुधावीमा रहेको तल्लो अदालतले उनलाई जेल सजायँका साथै मृत्युदण्डको सजाय सुनाएको थियो । तर, तल्लो अदालतको फैसलालाई बदर गर्दै माथिल्लो अदालतले मृतक पाकिस्तानी नागरिकको परिवारलाई विकल्प छाडेर त्यसपछि मात्रै फैसला सजायँ दिने फैसला गरेका थियो ।

अदालतले दिएको विकल्पमा ‘खुनको बदला खुन’ अर्थात हत्या आरोपीलाई मृत्युदण्ड नै दिने वा ब्लडमनी लिएर सजायँ मिनाह गरिदिने वा अन्य कुनै सजायँ दिने भन्ने बिषयमा पीडित पाकिस्तानी नागरिकको परिवारलाई नै निर्णय गर्न दिइएको थियो । अदालतले सुनाएको फैसला अनुसार मृतक पाकिस्तानी नागरिकका परिवारले ब्लडमनि वापतको रकम स्वीकारेको थियो ।

पीडित पाकिस्तानी नागरिकका परिवारले ब्लडमनी स्वरुप झण्डै ८६ लाख रुपैयाँ अर्थात ३ लाख ५ हजार दिराम मागेका थिए । उक्त रकम अनिश खालिङ राई बच्चाउ अभियान समितिमार्फत संसारभरीका नेपालीबाट संकलन गरी पीडित परिवारलाई बुझाएपछि उनी यूएईमा मृत्युलाई जित्न सफल भएका हुन् ।

ब्लडमनी तिरे पनि अदालतले अनिशलाई ५ बर्षको जेल सजायँ सुनाएको थियो । ब्लडमनी भुक्तानी गर्दासम्म उनले तीन वर्ष जेलमा बिताइसकेका थिए । तर, मुश्लिम समुदायको पवित्र महिना रमजानको अवसर पारेर उनलाई यूएई सरकारले २ वर्षको बाँकी सजाय माफ गरेको थियो ।

स्थानीय प्रशासनले अनिशको बाँकी २ बर्षको जेल सजाय मिनाह गरिदिएपछि नेपाल फर्काइएको एनआरएन युएईका अध्यक्ष कृष्ण भुसालले बताए । यूएईमा मृत्युलाई जितेका अनिश बुधबार राति १० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएका थिए । उनलाई एयरपोर्टमा अनिश खालिङ राई बचाउ अभियान समितिका पदाधिकारीले स्वागत गरेका थिए ।

मृत्यु जितेर नेपाल पुगेपछि उनले हर्षित मुद्रामा भने-‘म जस्ता धेरै नेपाली दाजुभाईहरु विदेशको जेलमा हुनुहुन्छ, म उनीहरुको लागि लड्छु । म मत्युको मुखमा पुगेर फर्किएर आएँ । अब मेरो बाँकी जीवन अन्यायमा परेकाहरुको हितमा लगाउँछु ।’