३० आश्विन २०८३, शुक्रबार

१४८ जना यात्रु बोकेको टर्किस एयरलाइन्सको विमानमा कागज बम भेटिएपछि…

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Turkish-Airकाठमाडौं, २४ असार । १४८ यात्रु बोकेको टर्किस एयरलाइन्सको विमानमा बम भेटिएको छ ।

थाइल्याण्डको बैंककबाट टर्कीको स्टान्बुल जाँदै गरेको विमानमा बम रहेको हल्ला यात्रुबाट सुनेपछि पाइलटले तत्कालै दिल्लीको एयरपोर्टमा अवतरण गरेका थिए ।

बम भेटिएपछि विमानलाई दिल्लीस्थित इन्दिरा गान्धी इन्टरनेशनल एयरपोर्टमा आकस्मिक अवतरण गराइएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

विमानलाई अवतरण गराएर चेकजाँच गर्दा विमानको बाथरुममा एक कागजमा कार्गो भित्र बम छ भनेर लेखिएको मात्रै भेटिएको अधिकारीले बताएका छन् ।

वाथरुम गएका यात्रुले बम छ भनेर हल्ला गरेका थिए । जसका कारण पाइलटले आकस्मिक अवतरण गरे । तर, कागज लेखिए अनुसार विमानमा कुनै पनि विष्फोटक पदार्थ नभेटिएको अधिकारीले जनाए ।

विमानमा १४८ जना यात्रु सवार थिए । बम छ भन्ने लेखिएको कागज भेटिएपछि विमानको उडान करिब २ घण्टा प्रभावित भएको थियो । एजेन्सी