रौतहट, २४ असार । बोक्सी विद्या प्राप्त गर्न ३ वर्षीय नाबालकलाई बली दिने रौतहटका २ जनालाई पुनरावेदन अदालतल हेटौंडाले सर्वश्वसहित जन्मकैद फैसला सुनाएको छ ।
रौतहटको समनपुर ८ का महादेवी भनिने महवादेवी यादव र उनका गुरु छबिलाल रायलाई सर्वश्वसहित जन्मकैदको फैसला सुनाइएको हो ।
अन्धविश्वासमा लागेर बालकको हत्या गरेको भन्दै दुवै जनालाई सो सजाय सुनाइएको अदालतका सूचना अधिकृत बदिैप्रसाद लामिछानेले जानकारी दिए ।नेपाल समाचारपत्र दैनिकमा समाचार छ ।















प्रतिक्रिया