४ कार्तिक २०८३, बुधबार

किन जाँदैछिन् हिमानी अर्यालटार ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Himani-Shaha-Sexy-Nepali-Laकाठमाडौं, २४ असार । देश रोएको भन्दै पूर्वराजा ज्ञानेन्द्र शाहले आफ्नो ६९औं जन्मदिन नमनाए पनि उक्त अवसरलाई पूर्वयुवराज्ञीले उपयोग गर्ने भएकी छिन् ।

ससुरा ज्ञानेन्द्रको जन्मदिनमा पूर्वयुवराज्ञी हिमानी शाहले भूकम्पपीडितलाई बिहीबार (आज) जस्तापाता बाँड्दै छिन् ।

हिमानी ट्रस्टमार्फत उनले काठमाडौंको तारकेश्वर नगरपालिकाको अर्यालटारका भूकम्पपीडितलाई जस्तापाता वितरण गर्न लागेको समाचार आजको सौर्य दैनिकले छापेको छ ।

ट्रस्टले ५१ घरपरिवारलाई जस्तापाता उपलब्ध गराउनेछ ।

तारकेश्वर नगरपालिका– १० अर्यालटारका भूकम्पपीडितले अहिलेसम्म कतैबाट राहत नपाएको स्थानीयको गुनासो छ ।

ट्रस्टका तर्फबाट भूकम्पपीडित प्रत्येक परिवारलाई एकरएक बन्डलका दरले जस्तापाता वितरण गरिनेछ । ज्ञानेन्द्र हिमानी ट्रस्टका संरक्षक हुन् ।