२० कार्तिक २०८३, शुक्रबार

रामचन्द्रकै अगाडि कोइराला र देउवा पक्षका कांग्रेस नेताबीच हात हालाहाल

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Sushil-Koirala_

– महेश केसी

रुकुम, २३ असार । नेपाली काँग्रेस रुकुमको जिल्ला कार्यकर्ता भेलामा हात हालाहाल भएको छ ।

प्रमुख अतिथि काग्रेसका केन्द्रीय उपसभापति रामचन्द्र पौडेलकै अगाडि भेलामा अतिथि सिट आसन ग्रहणको क्रममा नेपाल तरुण दलको विषयलाई लिएर विवाद बढेपछि तरुण दलका नेता कार्यकर्ताबीच हात हालाहाल भएको हो । समानान्तर तर्फका नेताले कार्यक्रम स्थल नै तोडफोड गरेका छन् ।

तरुण दलको सभापतिको नाममा नन्द वहादुर विष्टलाई अतिथि गराइएपछि जनक कुमार वाँठा नेतृत्वका युवाहरुले रोस्टम घेराउ गरी तोडफोडको प्रयास गरेका थिए ।

तरुण दल रुकुममा गठन भएका देउवा पक्ष र कोइरालाको पक्षका दुई समानान्तर कमिटी मध्ये कुन कमिटीलाई आधिकारिक मान्ने टुङ्गो नलागेको सन्दर्भमा विष्टलाई सभापतिको नाममा अतिथि वनाइएपछि जेके वाँठा नेतृत्वका युवाहरुले संचालकको हातबाट माइक खोसेका काग्रेसका जिल्लासचिव हर्कसिंह खत्रीले जानकारी दिनुभयो ।

युवाहरुले रोस्टम नै तोडफोडको प्रयास गरेपछि एकछिन कार्यक्रममा हात हालाहाल भई होहल्लाह मच्चिएको थियो । कार्यक्रमको अन्तिममा भएको हात हालाहालमा रामचन्द्र आफ्नो भाषण फटाफट सकेर हिँडेका थिए ।