३० आश्विन २०८३, शुक्रबार

मिराको सिउँदो भरे शाहिदले

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

shahid-wedding-559bbe94dbaa4_exlst

मुम्बई । बलिउडका ‘लभर’ हिरो शाहिद कपूरले विवाह गरेका छन् ।

मंगलबार उनले ४० जना जन्ति लिएर मंगेतर मीरा राजपूतसँग विहे गरेका हुन् । दिल्लीको बाहिरी इलाका छत्रपुरस्थित एक फार्महाउसमा शाहिदले विवाहको जग्यमा सात फेरि लगाउँदै मीराको सिउँदोमा परम्परा अनुसार सिन्दुर भरे ।

विवाहमा दुई परिवारका समेत गरेर झन्डै ४० जना सहभागी थिए । विवाहको पार्टी शाहिदले आगामी जुलाई १२ आइतबारका दिन राखेका छन् ।

जहाँ बलिउडका थुप्रै कलाकार तथा दर्शक उपस्थित हुनेछन् । शाहिदको पार्टीमा नेपालबाट समेत कलाकारहरु जाने बताइएको छ । एजेन्सी