४ कार्तिक २०८३, बुधबार

राजधानीमामै छैन पुस्तक

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Kitab-Bookकाठमाडौं, २३ असार । शिक्षा विभागले भूकम्पबाट प्रभावित सबै जिल्लामा पाठ्यपुस्तक पुगेको दावी गरेको छ ।

राजधानी काठमाडौंकै कतिपय विद्यालयका बालबालिकाले भने अझै पुस्तक पाउन नसकेको समाचार कान्तिपुर दैनिकले छापेको छ ।

पाठ्यपुस्तक पुग्न नसकेको बारे स्थलगत अनुगमन हुनुपर्नेमा विभाग मौन बसेको अभिभावक र शिक्षकको आरोप छ ।

हरेक जिल्लामा कुनै न कुनै विषयका पुस्तक अझै पुग्न सकेका छैनन् ।

‘हाम्रो विद्यालयमा ६ देखि १० कक्षाका विद्यार्थीले अझै केही विषयका पुस्तक पाउन सकेका छैनन्’, लप्सेफेदी जहरसिंहपौवास्थित कालिका उच्चमाविका शिक्षक राजकुमार केसीले भने, ‘छिमेकी जिल्ला सिन्धुपाल्चोकतर्फका विद्यालयमा पनि यस्तै समस्या छ ।’

सिन्धुपाल्चोक भोटेचौरका सरस्वती उच्चमावि र जाल्पादेवी उच्चमाविमा पाठ्यपुस्तकको समस्या छ ।

भूकम्प प्रभावित काभ्रे, सिन्धुपाल्चोक, रसुवा, नुवाकोट, धादिङ, गोरखा, रामेछापलगायतका जिल्लामा पाठ्यपुस्तक पुगेका छैनन् ।

ती जिल्लामा अंग्रेजी, गणित, अतिरिक्त गणितलगायत पुस्तक अभाव छ । भूकम्पपछि पाठ्यपुस्तक पुर्‍याइएको रेकर्ड अहिलेसम्म यकिन छैन ।