काठमाडौं, २३ असार । भुकम्पयता कवाडी पसलबाट पनि जस्तापाता बिक्री गरेको फेला परेको छ ।
बाणिज्य तथा आपूर्ति व्यवस्थापन विभागले गरेको अनुगमनमा कवाडी पसलमा नया जस्तापाता बिक्री फेला परेको कान्तिपुर दैनिकले छापेको छ ।
विभागका अनुसार कवाडी पसलबाट बिक्री गर्नु अबैधानिक हो । विभागको टोलीले भक्तपुरको जगाती, सल्लाघारी, सुर्य बिनायलगायत क्षेत्रमा अनुगमन गरेको थियो ।
त्यसक्रममा कवाडी पसलमा नया जस्तापाता ए ग्रेड भन्दै बि र सि ग्रेड र ए ग्रेडको जस्तापाता मनोमानी रुपमा बिक्री गरेको भेटिएको अनुगमन टोली प्रमुख शाखा अधिकृत रत्नेश शशीले बताए ।
‘कवाडी पसलमा नया जस्तापाता बिक्री गरेको, त्यसमा पनि मनोमानी रुपमा पैसा असुल्ने गरेको फेला पायौ’, उनले भने, ‘ठगी गर्ने ४ जना सन्चालकलाई थप अनुसन्धान र कारबाहीका लागि प्रहरीमा बुझाएका छौ ।’
ग्रेड फरक गरेर बिक्री गरे प्रति बन्डल ६ देखी ७ सय रुपैयासम्मा फाइदा हुन्छ ।
विभागका महानिर्देशक शम्भु कोइरालाले कवडी पसलमा नया जस्तापाता बेच्नु अवैधानिक भएको बताए ।
कवाडीबाट बिक हुनुमा कम्पनीको पनि मिलोमतो हुन सक्ने सम्भावाना रहेकाले बयान पश्चात आवश्यक कारबाही अघि बढाइने उनले बताए ।
एउटा व्यवसायको नाममा दर्ता गरेर अर्कोमा सामान बिक्री गर्नु अबैधानिक हो ।
महानिर्देशक कोइरालाले १र२ मात्रै नभई बन्डलका बन्डल कम्पनीबाट उठाएर बेच्नु कम्पनीको पनि मिलोमतो देखिएको बताए । ‘कम्पनीसग पनि बयान लिएर आवश्यक कारबाही अघि बढाउछौ’, उनले भने ।
विभागका अनुसार सल्लाघारीमा रहेको अर्चना स्क्रेप सेन्टरले आरती जसतापाता शुन्य दशमलव ३३ एमएमको मुल्य कम्पनीले तोकेको भन्दा बढी मुल्यमा बिक्री गरेको थियो ।
‘जस्तापाताको मुल्य ५ हजार ९ सय २७ रुपैया तोकिएपनि निजले ६ हजार ३ सय बिल जारी गरेको पाइयो’, रत्नेश शशीले भने, ‘सन्चालक टुनटुन चौधरीलाई कालोबजार तथा केही अन्य सामाजिक उपराध सजाय ऐन २०३२ अनुसार कारबाही गर्न महानगरीय प्रहरी वृत जगातीलाई जिम्मा लगाएका छौ ।’















प्रतिक्रिया