२० कार्तिक २०८३, शुक्रबार

काठमाडौं फर्केर विदेशीलाई ओलीको कडा जवाफ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

kp-oliकाठमाडौँ, २२ असार । नेकपा(एमाले) का अध्यक्ष केपी शर्मा ओलीले एक महिनाभित्र संविधान जसरी पनि बन्ने र कसैले अवरोध गर्न नसक्ने बताउनुभएको छ ।

अनेरास्ववियुले भूकम्प प्रभावित क्षेत्रमा परिचालन गरेको एकमहिने स्वयम्सेवक अभियानको समापन कार्यक्रममा अध्यक्ष ओलीले संविधान जारी गर्ने समय नजिकिँदै गर्दा समाजलाई टुक्राउने खेल भइरहेको बताउँदै आपत्ति प्रकट गर्नुभयो ।

उहाँले भन्नुभयो, “हामी आफ्नै ढङ्गले संविधान निर्माण गर्छौँ, बाह्य हस्तक्षेप हुनै सक्दैन, हामी आफ्नै तरिकाले संविधान निर्माणमा जुटेका छौँ ।”

अर्काे प्रसङ्गमा उहाँले विद्यार्थीले भूकम्प प्रभावित क्षेत्रमा गरेको कामले एकताको सन्देश फैलाएको र यसले दलका नेतालाई समेत नयाँ पाठ सिकाएको छ भन्नुभयो । विभिन्न भूकम्प प्रभावित जिल्लामा खटिएका अनेरास्ववियु सम्बद्ध एक हजार विद्यार्थीले १३ टोली बनाएर काम गरेका थिए । उनीहरुले २१५ विद्यालय, १५० टहरा र ५० स्वास्थ्यचौकी पुनःनिर्माण गरेका थिए । रासस