काठमाडौं, २२ असार । पूर्वी चीनको जेजीआङ्ग प्रान्तमा आएको शक्तिशाली आँधी तूफानका कारण त्यहाँका हजारौँ व्यक्तिलाई अन्यत्रै सारिएको स्थानीय अधिकारीहरूले सोमबार जानकारी दिएका छन् ।
सो प्रान्तको लिआज सहरमा आइतबार अपराह्नबाट भारी वर्षा सुरु भएको र त्यसपछि बस्तीहरूमा बाढीले सताएको पनि बताइएको छ ।
तर बाढीबाट हालसम्म नागरिक हताहतको भने कुनै समाचार नरहेको जनाइएको छ । लिनआन सहरको चङ्गहुवा नगरक्षेत्रमा मङ्गलबार राति ११ बजे सबभन्दा बढी वर्षा भएको जनाइएको छ ।
त्यहाँ ११५.५ मिलिमिटर वर्षा भएको र त्यसबाट ७० वटा घर, ८२ किलोमिटर सडक र ३० सवारी साधन ध्वस्त भएको जनाइएको छ ।
सो वर्षा तीन दिनसम्म जारी रहने पनि क्षेत्रीय मौसम विज्ञान केन्द्रले जनाएको छ । रासस/सिन्ह्वा















प्रतिक्रिया