३० आश्विन २०८३, शुक्रबार

प्रहरी फन्दामा परेका मुन्द्रे र कोमल वली अमेरिका किन जाँदैछन् ?

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Jitu-komal-oliकाठमाडौं । कार्यक्रम रेकर्डिङका लागि धादिङ पुगेर कार्यक्रम स्थलबाटै प्रहरीको फन्दामा परेका नेपाली कलाकार अमेरिका जाने तयारीमा छन् । सोमबार धादिङ प्रहरीको फन्दामा परेका कलाकार जितु नेपाल ‘मुन्द्रे र गायिका कोमल वली अमेरिका जाने पक्का भएको छ ।

अमेरिकामा आयोजित साँस्कृतिक कार्यक्रममा सहभागिता जनाउन मुन्द्रे र कोमल वली अमेरिका जान लागेका हुन् । यस वर्षको तीज, दशैं तथा तिहार धमाका नामाकरण गरिएको सांगीतिक यात्रामा नेपालका हास्य विधाका चर्चित हास्यकलाकार जितु नेपाल मुन्द्रे, प्रख्यात गायिका कोमल वली, प्रसिद्ध लोक गायक बद्रि पंगेनी तथा निरु खड्काको लगायतका कलाकारको टोली अमेरिका जान लागेको हो ।

कोमल वली र मुन्द्रको अमेरिकामा पहिलो प्रस्तुतिको साथै पहिलो अमेरिकाको भ्रमण रहेको वर्ल्ड बिजिनेस म्यानेजमेन्ट एण्ड कन्सल्टटेन्ट एलएलसी अमेरिकाका संस्थापक/प्रमुख बुद्धी प्रसाद रेग्मी बताए । जस अनुसार नेपाली कलाकार आउँदो महिना अमेरिकामा ओर्लिने छन् ।

सोमबार रेडियो कार्यक्रम ‘भन्दै सुन्दै’ रेकर्डका लागि धादिङ पुगेका जितु नेपाल ‘मुन्द्रे’, केदार घिमिरे ‘माग्ने बुढा’ र गायिका कोमल वलीलाई धादिङ प्रहरीले नियन्त्रणमा लिएको थियो ।