३० आश्विन २०८३, शुक्रबार

काठमाडौंमा तालिम र रोजगारको अवसर, तालिम लिनेलाई मासिक ५ हजार दिईने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

paisaकाठमाडौं, २२ असार । वैदेशिक रोजगारीमा जाने युवाहरुलाई लक्षित गरी राजधानीमा तालिम तथा रोजगारको अवसर खुलेको छ ।

करिब हजार भन्दा बढी व्यक्तिलाई मासिक पाँच हजारका दरले भत्ता समेत दिने गरी नेवाकार इन्टरप्राइजेज प्रालिले युवाहरुलाई ६ महिने हस्तकला तालिम दिन लागेको हो ।

महाभूकम्पपछिको अवस्थालाई मध्यनजर गर्दै नेवाकार इन्टरप्राइजेज प्रालिले युवाहरुलाई हस्तकला तालिम तथा रोजगारीको अवसर दिएको हो । तालिम लिएका युवालाई पैसा पनि दिने कम्पनीले जनाएको छ ।

इच्छुक युवाहरुले तालिम लिएबापत पैसा तिर्नुपर्ने छैन् । बरु कम्पनीले नै युवाहरुलाई उल्टै यातायात खर्च वाफत पैसा दिनेछ । कम्पनीले पुल्चोकस्थित आफ्नै कार्यालयमा हस्तकला तालिमको आवेदन फारम बुझाउन इच्छुकलाई आग्रह गरेको छ ।

youth_trainingपेड ट्रेनिङ प्रोग्राम अन कार्पेन्टि एण्ड बुडन हेन्डिक्र्याफट नाम दिइएको यस तालिममा सहभागी हुने प्रत्येक युवाले मासिक ५ हजार पाउनेछन् । तालिममा हस्तकला सम्बन्धि सैद्धान्तिक तथा व्यवहारिक दुबै शिक्षा दिइनेछ । कम्पनीले तालिमबाट छानिने १० उत्कृष्ट युवालाई आकर्षक तलबमा रोजगारीको ग्यारेन्टी समेत गरेको छ ।

यसका लागि १८ देखी ३५ उमेर समूहका नेपाली युवाहरुले मात्रै आवेदन दिन पाउनेछन् । दैनिक १० बजेदेखी ४ बजेसम्म चल्ने तालिममा ८ कक्षा उत्तीर्ण भएका युवाहरु पनि सहभागी हुन पाउनेछन् ।

नेपालको चर्चित ब्रान्डमा गनिने नेवाकार इन्टरप्राइजेजले श्रावण १० गतेभित्र आवेदन दिनका लागि योग्य महिला तथा पूरुष दुबैलाई आव्हान गरेको छ । तालिम ललितपुरस्थित ग्वार्कोमा सञ्चालन हुनेछ ।