३० आश्विन २०८३, शुक्रबार

एक्सन स्टार नायक निखिल उप्रेतीको रिजल्ट कस्तो ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

nikhil-upradiकाठमाडौं, २२ असार । आफ्नो समयका स्थापित हिरोहरु अहिले धमाधम फिल्म निर्माण र निर्देशनमा लागेका छन् । निर्माता बनेका अभिनेताको संख्या धेरै छ । आफूलाई निर्देशक बनाएका हिरोको संख्या पनि कम छैन ।

नयाँ पत्रिकाले अगाडि लेखेको छ- ‘लेटेस्ट’ कुरा गर्ने हो भने रोमान्स किङ हिरो भुवन केसी हाल डेब्यु निर्देशनमा ड्रिमसको सुटिङ गरिरहेका छन् भने एक्सन स्टार निखिल उप्रेती आफ्नो निर्देशनमा निर्माण गरेको भैरव फिल्मको रिलिजको चाँजोपाँजोमा व्यस्त छन् । ११ भदौमा रिलिज हुने निखिल निर्देशित भैरवको प्रोमो र गीतले अहिले बजार तताइरहेको छ । भैरवले निखिललाई निर्देशकका रुपमा समेत स्थापित गराउने छनक देखिएको छ ।

आफ्नो समयका चर्चित हिरोहरु रविन्द्र खड्का, विश्व बस्नेत र कृष्ण मल्लले आफूलाई निर्देशकका रुपमा उभ्याइसकेका छन् । भाग्यरेखा, मायाप्रितीलगायतका फिल्मका चर्चित हिरो रविन्द्र खड्काले झिल्के कान्छा नामक फिचर फिल्म निर्देशन गरेका थिए ।

फिल्म निर्देशन गर्छु भन्ने अभिनेता, अभिनेत्रीहरुको हिसाब गर्ने हो भने लामै लिस्ट तयार हुन्छ । राजेश हमालले फिल्म निर्देशन गर्छु भन्न थालेको एक दशक नाघिसकेको छ । तर, अहिलेसम्म कुनै सुरसार छैन । करिश्मा मानन्धर र झरना थापाले पनि फिल्म निर्देशन गर्ने कुरा चलेको लामै समय भइसक्यो । तर, अहिलेसम्म उनीहरुले निर्देशन गरेको समाचार सुन्न पाइएको छैन ।

nikhel-uprediझरना ए मेरो हजु-३ निर्देशन गर्छु भन्ने गर्छिन । करिश्माले निर्देशन गर्न चाहेको फिल्मको नाम भने बाहिर आएको छैन । अभिनेताबाट निर्माता हुँदै पछिल्लो समय आफूलाई निर्देशकका रुपमा समेत उभ्याइसकेका छन्– निखिल उप्रेतीले । उनले निर्देशन गरेको भैरवमा उनी आफैं शीर्ष भूमिकामा छन् । अब निरन्तर फिल्म निर्देशन गर्ने योजनामा रहेका उनमा आफ्नो डेब्यु फिल्म भैरवको रिजल्टको पर्खाइमा छन् ।

अभिनेता निखिल उप्रेती अहिले आफ्नो पुरानो क्रेजलाई फर्काउनलाई सर्लाहीमा आफ्नै निर्देशनमा भैरव चलचित्रको छायांकन गरिरहेका छन । चलचित्रमा निखिल एक्सन अवतारमा देखिएका छन् ।

‘रिजल्ट पक्कै राम्रो आउँछ,’ निखिल भन्छन्, ‘म पूर्ण विश्वस्त छु ।’ भैरव रिलिजलगत्तै उनले अर्को फिल्म बजरंगीको निर्देशन गर्नेछन् । त्यसका लागि पनि तयारी भइसकेको उनी बताउँछन् ।