३० आश्विन २०८३, शुक्रबार

हेटौँडामा टिचर श्रावण ३ गते सम्म बुकिङ, ‘हिड हिँड पोखरा’ अन्यौलमा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

tchar 1

– सन्दिप भट्ट

चितवन । निर्देशक शोभित बस्नेतको निर्देशन रहेको चलचित्र ‘टिचर’ अहिले हेटौडाको ओम हलमा सानदारको साथ दोस्रो सातामा प्रर्दशन भईरहेको छ ।

असार ११ बाट हेटौडाको ओम हलमा प्रदर्शनमा आएको चलचित्रमा दिन प्रतिदिन दर्शकको चाप देखेर निर्देशक शोभित बस्नेत दङग परेका छन् । ट्रायल स्वरुप हेटौँडाको एउटा हलमा मात्रै चलचित्र प्रदर्शन गरिएको चलचित्र टिचर हेर्न अधिकांश दर्शक स्कूल कलेजबाट विद्यार्थी दर्शक ओइरिए पछि निर्देशक शोभित बस्नेत दङग परेका हुन् ।

t cher 2

एउटा हलमा प्रदर्शन गरिएको चलचित्र ‘टिचर’ एक दिनमा ३ सो चलाउदा पनि दर्शक चाप बढे पछि सँगै रहेको ओ म्याक्स समेत प्रदर्शन गरिएको छ । अझै अर्को रोचक कुरा के छ भने चलचित्र श्रावण ३ गते सम्म बुक भै सकेको र अझै बुक हुने क्रम बढ्दै गएको छ । हेटौंडामा ‘टिचर’ ले भूकम्पबाट दर्शक त्रसित छन् भन्ने भ्रम चिरेको छ ।

टिचरलाई शोभित बस्नेतले हेटौडा हुँदै पोखरा नारायणगढ हुँदै अल नेपाल प्रदर्शन गर्ने र हेटौंडामा जस्तै विद्यार्थी दर्शकको वर्चश्व हलमा देखाउने बताए । अहिले चलचित्र टिचरको देशै भरि बाट माग भएकोले यस्तै अबस्था रहेमा भाद्र २५ गते प्रदर्शनमा आउने भनिएको शोभित बस्नेतको निमाण र निर्देशन रहेको चलचित्र ‘जाउ हिड पोखरा’ केहि समय पर रिलिज सर्न सकिने समेत हामी सगको कुराकानीमा बस्नेतले बताए ।

tcher 3

हेटौडामा विद्यार्थीले पचास प्रतिशत छुट दिदा त् १५ लाख माथिको कलेंक्सन गर्ने लागेको चलचित्र ‘टिचर’ लाई नै पहिलो प्रदर्शन गरि सके पछि ‘जाउ हिड पोखरा’ प्रदर्शन गरिने बताए । टिचर फिल्म एउटा शिक्षकको विद्यालयमा हुने भुमिका, उसले झेल्नु परेका दवाव र समस्या, सरकारबाट प्राप्त हुने तलबको अवस्थाले चलाउने दैनिकी र शिक्षक र विद्यार्थीस संगको सम्बन्ध लगायतको विषयमा आधारित रहेर निमाण गरिएको चलचित्र हो ।

चलचित्र टिचरमा कुसल थापा, सलिना बस्नेत, उमा कार्की, पुरन थापा, सिपी पौडेल, भानु प्रताप ढकाल, राम गौतम लगायतको मुख्य अभिनय रहेको छ भने निर्देशक बस्नेत र नायिका सुस्मिता शाहीको बिशेष भूमिका रहेको छ ।