४ कार्तिक २०८३, बुधबार

जथाभाबी ढुंगा, गिट्टी र बालुवा निकाल्दै, मौकामा चौका हान्दै क्रसर व्यवसायी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

crossor_Industryललितपुर, २२ असार । मौकामा चौका हान्दै क्रसर व्यवसायीले भूकम्पले कमजोर बनाएको जमिनबाट जथाभाबी ढुंगा, गिट्टी र बालुवा निकालिरहेका छन्।

पत्यकाभित्र धेरै खानी भएको ललितपुरमा यो क्रम सबैभन्दा तीव्र रहेको समाचार अन्नपूर्ण पोष्ट दैनिकले छापेको छ।

सरकारले ढुंगा, गिट्टी र बालुवा निकाल्न दिएको अनुमति असार मसान्तसम्म मात्रै रहेकाले पनि व्यवसायीले रातभर ढुंगा, गिटी र बालुवा ओसारपसार गरिरहेका छन्।

खानीहरूमा सरकारी तथा प्राविधिक अनुगमनसमेत हँदैन। जथाभाबी जतिसुकै मात्रामा ढुंगा र गिटी निकाल्ने व्यवसायी तथा खानी सञ्चालकलाई कुनै कारबाही भएको छैन।

खानीको अनुमति दिँदा खानी तथा भूगर्भ विभागले राखेको सर्त पालना भएको छैन।

जिविस ललितपुरले गत महिना खानी क्षेत्रको स्थलगत अनुगमन गर्दासमेत मापदण्ड पूरा नगरी जथाभाबी ढुंगा, गिट्टी, माटो तथा बालुुवा उत्खनन गरेको भेटेको थियो।

अनुगमन समितिले सोहीअनुसारको प्रतिवेदन तयार पारेर जिल्ला अनुगमन समितिलाई बुझाएको थियो। तर त्यसपछि पनि कुनै कारबाही गरिएको छैन।

खानी समितिको अध्यक्ष स्थानीय विकास अधिकारी तथा अनुगमन समितिको संयोजक प्रमुख जिल्ला अधिकारी हुन्छन्।

विभागले अनुमति दिँदा खानीको माथिल्लो भागबाट उत्खनन थाल्नुपर्ने, नदीकिनार तथा बस्तीनजिक खानी सञ्चालन गर्न नपाइने, भिरालो र पहिरो जाने सम्भावना भएको ठाउँमा खानी चलाउन नपाइनेलगायत सर्त राखेको हुन्छ।

तर त्यसको पालना भएनभएको जाँच्ने कुनै निकाय छैन।

खानी सञ्चालनको अनुमति खानी तथा भूगर्भ विभागले दिए पनि उत्खनन अनुमति दिने र ढुंगा, गिट्टी, माटो तथा बालुुवाको निकासी कर जिविसले उठाउँछ।