३० आश्विन २०८३, शुक्रबार

रिलायबल र एस डेभलपमेन्ट बैंकबीच रेमिट्यान्स सम्झौता

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Reliable-ace-bank

काठमाडौं, २१ असार । सेवा विस्तारको लागि रिलायवल रेमिट र एस डेभलपमेन्ट बैंकबीच रेमिट्यान्स सम्झौता भएको छ ।

रिलायबल रेमिट तथा रिलायबल डेभलपमेन्ट बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत नारायण बाबु लोहनी र एस डेभलपमेन्ट बैंकका तर्पmबाट का.मु. प्रमुख कार्यकारी अधिकृत सुयोग श्रेष्ठले सम्झौतामा हस्ताक्षर भएको छ । सहमति पश्चात बैकका सबै शाखाबाट रिलायबल रेमिटको रेमिट्यान्स सेवा प्राप्त गर्न सकिने छ ।

काठमाडौंको नक्सालमा केन्द्रिय कार्यालय रहेको एस डेभलपमेन्ट बैंकको कुल १३ शाखाबाट सेवाग्राहीले देश विदेशबाट आएको भुक्तानी प्राप्त गर्नुका साथै आन्तरिक विप्रेषण मार्फत देशभर छरिएर रहेका ३ हजार ६ सय भन्दा बढी सञ्जाल मार्फत विभिन्न बाणिज्य बैंक, विकास बैंक, फाइनान्स कंम्पनी एवं अन्य संघ संस्थामा नगद तथा खातामा जम्मा गर्न सकिने छ ।