२० कार्तिक २०८३, शुक्रबार

हुर्केकी छोरीलाई नेपालगञ्जबाट ल्याएर काठमाडौंमा छाडेर आमा ‘पोइल’ गएपछि…

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Sapana-Khadkaकाठमाडौं, २१ असार । भनिन्छ आमा भनेको बच्चाका लागि सबैभन्दा प्यारो मान्छे हो । हाम्रो समाजमा बाबु भन्दा आमाको छोराछोरीमाथि बढी जिम्मेवारी हुन्छ । तर यहाँ एक महिलाले आफ्नै छोरीलाई बीच बजारमा छाडेर फरार भएकी छिन् ।

नेपालगञ्ज बस्दै आएकी सम्झना खड्का नामकी महिलाले छोरीलाई घुम्न जाउँ भन्दै काठमाडौंमा छाडेर भागेको महानगरीय प्रहरी वृत बानेश्वरले जनाएको छ । आमाले छाडेर भागेकी किशोरीको नाम हो सपना खड्का, घुम्ने सपना बोकेर आमासँगै काठमाडौं आएकी उनी नयाँ बानेश्वरमा अलपत्र अवस्थामा फेला परेकी छिन् ।

अमाले छाडेर भागेपछि नयाँ बानेश्वरमा अलपत्र अवस्था वेहोस भएकी सपनालाई बटुवाहरुले पानी छ्यापेर होसमा ल्याएका थिए । होसमा आउने वित्तिकै उनी रुन थालेकी थिईन् ।

होसमा आएपछि उनले आफ्नो कथा यसरी सुनाईन् :

मेरो घर नेपालगञ्ज हो । म त्यहीको दीपज्योती स्कुलमा कक्षा ८ मा पढ्दै थिए । मेरो बुबा म सानै छँदा वित्नुभयो । मेरी आमा सम्झना खड्काले मलाई पाल्दै आउनुभएको थियो । उहाँकै प्रेरणामा म स्कुल पढ्दै थिए ।

एक दिन आमाले मलाई काठमाडौं घुम्न जाउँ छोरी भनेर सोधिन । मैले पनि नाई भनिन् किनकि काठमाडौं घुम्ने मेरो सानै देखिको सपना थियो । काठमाडौं घुम्ने पाउने भएपछि म निकै खुसी थिए । दोस्रो दिन(आइतबार) साँझ हामी नाइट बस चढेर काठमाडौं पुग्यौं ।

तर, काठमाडौं पुगेपछि आमाले मलाई झुक्याएर अर्कै गाडी चढाइन् आफू चढिनन् मलाई यत्रो ठूलो सहरमा छाडेर गइनन् । त्यसपछि उनले डाँको छाडेर रुँदै बानेश्वर अगाडिको रोडमा भनिन्-‘मेरो मोबाइल पनि खोसेर लगिन्, मलाई गाडी चढाइदिएर आमा अर्कैसँग पोइल गइन् । अब म कसरी घर जाने ? ।’

उनले सुनाएको कथा अनुसार उनकी आमा नेपालगञ्जबाटै पोइल जाने तयारीका साथ उनलाई छाड्न काठमाडौं आएको प्रष्ट हु्न्छ । घटनाको बारेमा थाहा पाएपछि बानेश्वर प्रहरीले सपनाको उद्धार गरेको छ । सपनालाई उनका आफन्तलाई बुझाउन प्रहरीले पहल गरिरहेको छ ।