३० आश्विन २०८३, शुक्रबार

सफल हिरोइन बन्न चाहन्छिन् ओबामाकी छोरी मालिया

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Obama-malya

काठमाडौं । अमेरिकी राष्ट्रपति बराक ओबामा की जेठी छोरी मालिया एचबीओ श्रृंखलाको ‘गर्ल्स’मा जागिर गर्दैछिन् । यस्तो भनिन्छ कि अमेरिकी राष्ट्रपति की छोरी आउँदो वर्ष आफ्नो पढाई (ग्रैजुएशन) सकेर टेलिभिजन अथवा फिल्ममा आफ्नो करियर बनाउन चाहन्छिन् ।

१७ वर्षीय मालियाले भर्खरै आफ्नो जन्मदिन मनाउँदै आफू सफल कलाकार बन्न चाहेको खुलाएकी हुन् ।  ‘गर्ल्स’ एउटा टेलिभिजन कार्यक्रम हो । टीएमजेडका अनुसार, मालियालाई गएको हप्ता ‘गल्र्स’को सेटमा देखाइएको थियो ।

अमेरिकी राष्ट्रपति की छोरी चिसो पिउँदै गरेको तस्वीर पनि देखिएको थियो । यो कार्यक्रमको शूटिङ ब्रूकलिन औरोरा रिस्तोरैंतमा हुँदैछ ।

खबर अनुसार मारिया लीना डुनहैमको हिट एचबीओ श्रृंखला की फ्यान हुन् । यो भन्दा पहिला मालिया की आमा मिशेलले पनि आफ्नी छोरीले फिल्मको कलाकार बन्ने लक्ष्य राखेको बताइसकेकी थिईन् । एजेन्सी