मुम्बई । बलिउडमा एकपछि अर्काे सफलता चुम्दै गरेकी सफल नायिका कंगना रनौतको रेट अनअपेक्षित रुपमा बढेको छ ।
उनले आफ्नो पारिश्रमिक बढाएर दोब्बर बनाएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । बलिउडमा ‘क्वीन’को उपाधि पाएकी कंगनाले फिल्ममा अपेक्षाकृत सफलता हात पारेपछि पारिश्रमिक बढाएकी हुन् ।
उनको बहुप्रतिष्ठित चलचित्र ‘क्वीन’ र भर्खरै प्रदर्शनमा आएको फिल्म ‘तनु वेड्स मनु रिटर्न्स’को सफलतापछि कंगनाले आफ्नो पारिश्रमिक ३ करोडबाट बढाएर सिधै ६ करोड पु¥याएकी छिन् ।
बलिउडमा उनी सफल नायिकाको सूचीमा पर्छिन् । यसअघि उनले बलिउड स्टार ऋतिक रोशनको चलचित्र क्रिश ३ मा सह अभिनेत्रीको भुमिका निभाएकी थिईन् । एजेन्सी















प्रतिक्रिया