४ कार्तिक २०८३, बुधबार

प्रचण्डसँग ठाकठुक परेपछि बाबुरामले ल्याए नयाँ प्रस्ताव

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Baburam Bhattaraiकाठमाडौं, २१ असार । एकीकृत नेकपा माओवादीका वरिष्ठ नेता डाक्टर बाबुराम भट्टराईले वामपन्थी एकताका लागि नयाँ प्रस्ताव अगाडि सारेका छन्

केही समयदेखि अध्यक्ष प्रचण्डसँग असन्तुष्टि जनाउँदै अलग्गै कार्यक्रम भेला समेत गर्दै आएका नेता भट्टराईले सबै कम्युनिष्ट वामपन्थी पार्टी/समूहबीचमा संगठनात्मक एकताको प्रस्ताव तयार गरेका छन् ।

राष्ट्रिय/अन्तर्राष्ट्रिय नयाँ परिस्थिति, नयाँ विचार, नयाँ कार्यदिशा, नयाँ शक्ति र तत्कालीन कार्यविभाजन शीर्षकमा उनले तीन पृष्ठ लामो प्रस्ताव आन्तरिक छलफलमा ल्याएका छन् ।

नयाँ पत्रिकाले अगाडि लेखेको छ– विगतमा मुख्यतः तत्कालीन कार्यनीतिक विवादले कम्युनिस्ट पार्टीमा विभाजन आएको र आज देशमा विभिन्न कम्युनिस्ट/वामपन्थी पार्टीरसमूह अस्तित्वमा रहेको धरातलीय यथार्थ स्वीकार गर्दै नयाँ परिस्थितिमा अधिकांश समूहबीच तत्कालीन कार्यनीति र आचरण विषयमा बढ्दो निकटता रहेकाले समाजवादी क्रान्तिको नयाँ राजनीतिक कार्यदिशाको आधारमभा सबै कम्युनिष्ट/वामपन्थी पार्टी/समूहबीचमा संगठनात्मक एकताका निम्ति पहल गर्ने उनको प्रस्ताव छ ।

सुरुमा कार्यगत एकता/संयुक्त मोर्चा कायम गर्दै अन्ततः एकीकृत पार्टी निर्माणमा जोड दिने, बहस छलफलका क्रममा पूरै पार्टी/समूहबीच एकता हुन नसके विचार/प्रवृत्ति मिल्ने समूह/व्यक्तिबीचमा एकता कायम गरी नयाँ शक्ति निर्माण गर्न प्रयत्न गर्ने उनको प्रस्ताव छ ।