काठमाडौं, २१ असार । सभासद्हरु हाजिर गर्दै बाहिरिँदै गरेपछि संविधानसभाको बैठक कक्ष रित्तो देखिएको छ ।
आइतबार बसेको संविधानसभा बैठकमा अधिकांश सभासद् हिँडेपछि रित्तो हलमा संविधानको प्रारम्भिक मस्यौदामाथिको छलफल चलेको राजधानी दैनिकले समाचार छापेको छ ।
आइतबारको बैठकमा संविधानमा राख्नैपर्ने ‘जेन्युन’ विषय उठिरहे पनि सुन्ने सभासद् थिएनन् ।
आइतबारको बैठकमा मुस्किलले ६० जना सभासद् थिए ।
उनीहरु पनि आफ्नो बोल्ने पालो कुरेर बसेका सभाषद् हुन्, ‘संविधानसभा सचिवालयका एक अधिकारीले भने ।
त्यसो त सभासद्लेनै बैठकमा गम्भीर आपत्ति जनाएका थिए ।















प्रतिक्रिया